संसद भवन अगाडी बम जस्तो देखिने शंकास्पद वस्तु फेला

नयाँ बानेश्वरस्थित संसद भवनअगाडिको सडकमा शंकास्पद वस्तु फेला परेको छ । संसद भवन अगाडी कै मुख्य सडकको बीचमा  ‘नो एमसीसी’ लेखिएको  प्रेसर कुकर भेटिएको हो । यो बम नै हो या होईन भन्ने यकिन भईसकेको छैन ।  सडकमा शंकास्पद वस्तु फेला परे पछि नयाँ बानेश्वरको मुख्य सडक बन्द गरिएको छ भने सहायक लेनबाट मात्र सवारी संचालन भईरहेको छ। शंकास्पद वस्तुलाई डिस्पोज गर्ने तयारी सेनाले गरिरहेको छ ।एमसीसी पास गरिएको विरोधमा  आज विभिन्न दलहरुले नेपाल बन्दको आव्हान गरेका छन् ।  संसदले हिजो आइतबार बहुमतले एमसीसी पारित गरेको थियो  ।

सम्बन्धित सामग्री

काठमाडौंको मनोहरामा बम फेला

काठमाडौं, १७ फागुन । काठमाडौंको मनोहरामा आज बम फेला परेको छ । मनोहरा करिडोर पेप्सीकोलामा प्रेसर कुकर बम फेला परेको हो । बम निस्क्रिृय बनाउन नेपाली सेनाको टोली घटनास्थलतर्फ गइरहेको जनाइएको छ । सोमबार संघीय संसद भवन अगाडी पनि शंकास्पद वस्तु फेला परेको थियो । तर कुकर भित्र कागज र प्लास्टिक मात्र भेटिएको थियो । […]

संसद भवन अगाडि शंकास्पद वस्तु फेला, घटनास्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन

काठमाडौँ। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद वस्तु फेला परेको छ। तारले बेरेर संसद भवनको मुख्य गेटअघि ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु भेटिएको हो। सो शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनालाई खबर गरिएको थियो। अहिले घटनास्थालमा सेनाको टोली आइपुगेको छ। अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्ण बन्द गरिएको छ।

संसद भवन अगाडी कुकर बम फेला

नयाँ बानेश्वरस्थित संसद भवन अगाडी कुकर बम फेला परेको छ । सडकमा शंकास्पद वस्तु फेला परेपछि प्रहरीले उक्त क्षेत्रलाई सुरक्षित गरेको छ । सडकमा गुड्ने गाडीहरुलाई वान वे मार्फत सञ्चालन गरिएको छ । कुकर बम जस्तो देखिने बस्तु जिस्पोजको तयारी भईरहेको प्रहरीले जनाएको छ । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा विप्लव […]