संसद भवन अगाडि शंकास्पद वस्तु फेला, घटनास्थलमा सेनाको बम डिस्पोजल टोली परिचालन

काठमाडौँ। नयाँ बानेश्वरस्थित संसद भवन अगाडि शंकास्पद वस्तु फेला परेको छ। तारले बेरेर संसद भवनको मुख्य गेटअघि ‘नो एमसीसी’ लेखिएको शंकास्पद वस्तु भेटिएको हो। सो शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनालाई खबर गरिएको थियो। अहिले घटनास्थालमा सेनाको टोली आइपुगेको छ। अहिले त्यस क्षेत्रमा सवारी आवागमन पूर्ण बन्द गरिएको छ।