डडेल्धुरा : अमरगढी नगरपालिका–३ डोटीखेलाको पुछारमा रहेको सुदूरपश्चिमको प्रमुख धार्मिक शक्तिपीठ घटाल थान नजिकैको अशिग्राम मन्दिरमा लाग्ने दशैं जाँत मेलाको तयारी पूरा भएको छ। हरेक वर्ष बडा दशैंमा अशिग्राम मन्दिरमा दशैं जाँत धुमधामसँग विशेष आस्थाका साथ मनाइने गरिन्छ। डोटीखेला आसपासका गाउँ बस्तीसँगै सदरमुकाम खलंगा र छिमेकी जिल्लाबाट पनि ठूलो संख्यामा भक्तजन दशैं जाँतका बेला घटाल बाबाको पूजाआजासँगै यो विशेष अवसरमा काम्ने घटालका धामीबाट आशिषसहित अक्षता र प्रसाद ग्रहण गरेर घर फर्कने