जिन्दगी तिमी फूल भएर मुस्कुराई देऊ । काँडा बनेर रगताम्मे हुने गरी घोच्न नआऊ । अनि सधैँ झक्झक्याइरहने याद बनेर पनि नआई देऊ । स्याहार–सुसार गर्दै व्यर्थ म कति माया गरुँ तिमीलाई ! तिमीलाई अरूले टिप्न, लुछ्न, लुट्न सक्छन् भनी म कति चिन्ता लिऊ ? तिमी अब आफ्नो ख्याल आफैं गर । भो अब म धेरै शुभचिन्तक बनिरहन सक्दिनँ तिम्रो । शुभेच्छा पोखिरहने मेरो अधिकार पनि छैन । तिमी अब आफैँ सुरक्षित र शक्तिशाली बनी मुस्कान बाँडेर बाँच मेरो शुभकामना छ, प्रिय फूल