वारि नै रह्यो जीवनको डुङ्गा भएन नदी पार, फूलको जोवान बारम्बार आउँछ मान्छेको एकैबार । बगेर गयो खहरे खोला , फाल हान्दै बगर, जे गरे पनि नपुग्ने रैछ यो मनको रहर। उकाली बाटो थकाइ लागे बिसाउने चौतारी, खोजेर कतै नपाइने रैछ मन मिल्ने दौतरी । कर्मको खेल दैवको झेल मान्छेको जिन्दगी, कसैको छैन राजीनाम पास सबैको बन्धकी।