प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई हराएको छ ।
बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–० गोल अन्तरले हराएको हो ।
लिभरपुलको जीतमा रोबर्टो फिर्मिन्हो, फिलिप, अक्सलाड चेम्बरलिनले एक एक गोल गरे ।
जीत सहित लिभरपुल तालिकाको शीर्ष चारमा उक्लिएको छ । र अर्को सिजन च्याम्पियन्स लिग खेल्ने सम्भावना बलियो बनाएको छ ।
लिगमा अब मात्र एक खेल हुन बाँकी छ । लिभरपुल ६६ अंक सहित चौथो स्थानमा छ । लेस्टर सिटीको समान अंक भएपनि गोल अन्तरका आधारमा लिभरपुल अघि बढेको हो ।