बाँके – पालिका चुनावका लागि राजनीतिक दलहरू गाउँ–गाउँ छिर्न थालेका छन् । खासगरी प्रमुख राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) लगायतका दलहरू वडास्तरमा वडा कार्यालय स्थापना गर्दै गाउँ छिर्न थालेका छन् ।
माओवादी केन्द्रका नेता तथा लुम्बिनी प्रदेश सभा सदस्य आइपी खरेलले पार्टीको तयारीका लागि आफूहरू गाउँ छिर्न लागेको उल्लेख गर्दै सबै पार्टीहरूले आ–आफ्नो तयारी गरिरहेको जानकारी दिनुभयो । कांग्रेस बाँकेका सभापति नारायण गौडेलले चुनावका लागि आफूहरू गाउँ छिरिसकेको उल्लेख गर्...