अभिनेत्री केकी अधिकारीले आफ्नो नाम र कागजपत्रको दुरुपयोग गर्नेप्रति कानुनी कारवाही अगाडि बढाउने बताएकी छन् । उनले ‘तिम्रो नजर’ फिल्म निर्माण कार्यमा आफ्नो नाम र कागजपत्रको दुरुपयोग भएकोप्रति आपत्ति जनाएकी छन् ।‘तिम्रो नजर’ शीर्षकको फिल्म निर्माण गर्ने कम्पनी भनिएको ‘ब्लु बर्ड एचडी’ सँग आफूले काम गर्ने कुनै पनि सम्झौता नगरेको समेत उनले स्पष्ट परेकी छन् । बुधबार केही सञ्चारमाध्यममा नर्वेमा फिल्म ‘तिम्रो नजर’ छायाङ्कनका लागि अभिनेत्री केकी अधिकारी र अ