आयोगलाई माधव नेपालको स्पष्टीकरण– मैले कसैलाई आर्थिक प्रलोभन देखाएको छैन

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निर्वाचन प्रचारको क्रममा आफूले मतदातालाई प्रलोभन देखाउनेगरी अभिव्यक्ति नदिएको दाबी गरेका छन् ।  आइतबार निर्वाचन आयोगले सोधेको स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् । चार बुँदामा स्पष्टीकरण दिँदै उनले भनेका छन्, "पत्रमा भनिएजस्ता निर्वाचनको सिलसिलामा मैले कुनै...

सम्बन्धित सामग्री

दलित समुदायको मानव अधिकार जोखिममा

दलित समुदायमाथि जातकै आधारमा हुने अत्याचारका घटना दिन प्रतिदिन बढ्दो अवस्थामा रहेको, तर त्यस्ता घटना बाहिर नआई राजनीतिक दबाब, आर्थिक प्रलोभन र लेनदेनमा मिलापत्र, पीडितको असुरक्षा, कानुनी ज्ञानको अभाव र भौगोलिक जटिलता जस्ता कारणले बाहिर नआउने गरेको प्रतिवे...

मिर्गौला बेच्न भारत लैजान लागेका २ जनाको उद्धार, एकजना पक्राउ

काठमाडौं, २० फागुन । मिर्गौला बिक्रि गर्न भारत लैजान लागिएको अवस्थामा २ जनाको उद्धार गरिएको छ। काठमाडौंको माछापोखरीस्थित एक होटलबाट आर्थिक प्रलोभन देखाएर भारत लैजान लागेका २ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । आर्थिक अवस्था कमजोर भएका ती व्यक्तिहरुलाई एउटा मिर्गौलाले मात्र बाच्न सकिने र मिर्गौलाको ८ लाख रुपैयाँमा पाइने भनेर प्रलोभन देखाएर भारतमा […]

म्यानपावर वर्गीकरण : सरकार र व्यवसायी दुई ध्रुवमा

काठमाडौं : सरकारले म्यानपावर व्यवसायलाई वर्गीकरण गर्न कार्यदल गठन गरेसँगै  सरकार र व्यवसायीले आ-आफ्नो तर्क दिइरहेका छन्। सरकारी पक्षले यो कार्य कानुनसम्मत भएको बताउँदै आएको छ भने व्यवसायीहरूले भने यस कदम आफूहरूलाई अप्ठ्यारो पार्न गरिएको आरोप लगाउँदै आएका छन्।सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीलाई व्यवसायीले थप शुल्क लिएको, आर्थिक प्रलोभन देखाई भिजिट भिसामा विदेश पुर्‍याई अलपत्र पार्दै आएकाले म्यानपावरलाई वर्गीकरण गर्नु परेको प्रष्टीकरण दिइरहेको छ। श्रम, रोजगार तथा सामाज

आर्थिक प्रलोभन अस्वीकार गर्ने ३३ ट्राफिक प्रहरी सम्मानित

काठमाण्डौ – ट्राफिक नियम उल्लङ्घन चालकहरूलाई कारबाही गर्ने क्रममा आर्थिक प्रलोभनमा पार्न खोज्ने चालकहरूलाई कानुनी दायरामा ल्याउने ३३ ट्राफिक प्रहरी सम्मानित भएका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ती ट्राफिक प्रहरीलाई आज मङ्गलवार एक कार्यक्रमकाबीच पुरस्कृत एवम् खादा ओढाएर सम्मान गरेको हो ।  सम्मानित हुनेहरूमध्ये २० ट्राफिक प्रहरीलाई नगदसहित वृद्धि विकासमा सहयोग पुग्ने गरी रेकर्डमा गनिने पुरस्कार दिइएको छ भने अन्यलाई खादा ओढाएर प्रशंसापत्रसहित सम्मान गरेको महाशाखाले जनाएको छ । यस्तो कार्यले अन्य ट्राफिक प्रहरी कर्...

छोराछोरीकै अगाडि महिलाको सामूहिक बलात्कार, बयान फेर्न लगातार आर्थिक प्रलोभन

गएको कात्तिक २ गते राती झ्याल फोडेर भित्र प्रवेश गरी मुखमा कपडा कोचिदिएर तीन जनाले बलात्कार गरेको पीडित महिलाको भनाई छ।...

महिलामाथि सामुहिक बलात्कार, मुद्दा मिलाउन आर्थिक चलखेल

म्याग्दी : म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरकी एक २७ वर्षीया महिलालाई तीन जना युवाहरूले सामुहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको छ।सुतिरहेको अवस्थामा गत कात्तिक २ गते राति स्थानीय तीन युवाले घरभित्र प्रवेश गरी ज्यान मार्ने धम्की दिएर बलात्कार गरेको भन्दै पीडितले प्रहरीमा बिहीबार जाहेरी दिएकी हुन्।मदिरामा लठ्ठ भएका युवाले महिलालाई आर्थिक प्रलोभन तथा धम्की देखाएर बलात्कार गरेको जाहेरीमा उल्लेख छ। मुखमा कपडा कोचिदिएर बलात्कार गरेको महिलाले बताएकी छन्।जिल्ला प्रहरी कार्यालय म्याग्दीका डी

प्रहरीलाई आर्थिक प्रलोभन देखाउने २ जना पक्राउ

काठमाडौं : प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई बर्दिया प्रहरीले पक्राउ गरेको हो।शनिबार राति गुलरिया नगरपालिका-७ शहिदगेटस्थित जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।पक्राउ पर्नेमा गुलरिया नगरपालिका–११ का २० वर्षीय राकेश खटिक र १९ को अजय खटिक छन्।लु २० प ८६१ नम्बरको मोटरसाइकल रोकी चेकजाँचको लागि कागजात माग्दा आर्थिक प्रलोभन देखाउनुका स

कर्मचारी सरुवामा ‘आर्थिक’ चलखेल : असम्बन्धित व्यक्ति बोकेर आउनेको सरुवा नहुने !

काठमाडौँ । सरकारले कर्मचारी सरुवामा आर्थिक चलखेलको गन्ध आएको भन्दै सम्बन्धित पक्षलाई सचेत गराएको छ । सरुवा, काज तथा कामकाज सम्बन्धी कार्यको अनुरोधका लागि सम्बन्धित कर्मचारीहरूसँगै असम्बन्धित व्यक्तिहरू मन्त्रालयमा आउने क्रम बढ्नुका साथै ‘आर्थिक प्रलोभन एवं चलखेल लगायतका विषयमा समेत गुनासो सुनिएको’ भन्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीलाई सचेत गराएको हो । कर्मचारीको […]

काठ व्यवसायीले वनमन्त्रीलाई दिए एक अर्बको आर्थिक प्रलोभन !

काठमाडौं । वन तथा वातावरण मन्त्री प्रेम आले मगरले आफुलाई एक अर्ब रुपैयाको आर्थिक प्रलोभन आएको खुलासा गर्नुभएको छ । आफूलाई वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज नगर्नका लागि आर्थिक प्रलोभन देखाइएको मन्त्री आलेको दाबी छ । सरकारले वैज्ञानिक वन व्यवस्थापन कार्यविधि २०७१ खारेज गरेको एक महिना पछि विभागीय मन्त्रीले सो कार्यविधि खारेज नगर्न आर्थिक प्रलोभन देखाइएको बताउनुभएको हो । गत माघ ११ गते बसेको मन्त्रिपरिषद् बैठकले वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमलाई खारेज गरेको थियो । मंगलबार काठमाडौंमा आयोजित सामुदायिक वन उपभोक्ता महासंघ, नेपालको आठौं राष्ट्रिय परिषद्को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री आलेले आफुले मन्त्रालय सम्हालेदेखि नै काठ व्यवसायी र वनका केही बद्मास कर्मचारीले भेट्न प्रयास गरेको तर आफूले कसैलाई पनि भेट नगरि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गर्ने निर्णय गरेको बताउनुभयो । ‘जुन दिन मैले पदको वहाली गरेँ, त्यही दिनदेखि काठ व्यवसायीदेखी, वनका केही बद्मास कर्मचारीदेखि साराले मलाई भेट्ने प्रयास गरे। मैले कसैलाई भेटिन। कसैलाई पनि भेट्दिनँ भनेँ। मैले कसैलाई भेट्दा पनि भेटिनँ’ मन्त्री आलेले भन्नुभयो, ‘पछि कुरा कतिसम्म आयो भन्दाखेरी हामी १ अर्ब पैसा उठाएर दिन्छौ भन्ने कुरा पनि आयो। अनि मैले भनेँ १ अर्ब पैसा समातेर आफ्नो मुखमा कालोमोसो आफै दल्ने मैले? हुँदैन भनेर मैले इन्कार गरेँ।’ मन्त्री आलेले आफु सार्वजनिक लेखा समितिको सदस्य रहेका बेला उपसमितिमा बसेर वैज्ञानिक बन कार्यक्रमको बारेमा अध्ययन गर्दा पनि जिल्ला बन अधिकृत, क्षेत्रिय निर्देशक, काठव्यवसायी कर्मचारी लगायतले विभिन्न किसिमका प्रलोभन देखाएको बताउनुभयो । जनताको अहितमा काम गर्नुपरे एक मिनेट पनि पदमा नबस्ने दाबी गर्नुभयो । उहाँले भन्नुभयो ‘आफू गतिलो भयो भने कसैले बिगार्न सक्तैन । हामीले र्याल चुहाउने पनि होइन । मन्त्रालय भित्र गर्नुपर्ने कामहरु अघि बढ्छन् । जनतालाई प्रत्यक्ष हानीहुने काम मन्त्रालयले गर्दैन । जनताको अहित हुने काम गर्न बाध्य पार्यो भने मन्त्रीको पद १ मिनेटमा रिजाईन गरेर पद् छोड्न म तयार छु ।’

१३ वर्षे बालिका बलात्कार प्रकरणः मिलापत्र गराउन आर्थिक प्रलोभन

इटहरी । तीन जनाको समूहबाट बलात्कृत इटहरी-१३ खनारकी बालिकाको परिवारलाई मिलापत्र गराउने पीडकहरुले आर्थिक प्रलोभन देखाएका छन् । इटहरीकै एक निजी स्कुलकी एलकेजीमा अध्ययनरत १३ वर्षीया बालिका मंगलबार सामुहिक बलात्कारको शिकार भएकी थिइन् । बलात्कारमा संलग्न भएको आरोप लागेयका युवकहरुको परिवारले आर्थिक प्रलोभन देखाएर मिलापत्र गराउन खोजेका हुन् । पीडित परिवारका एक …