काठमाडौं । बिहीबारको संसद् बैठक स्थगित भएपनि नयाँ बानेश्वर क्षेत्रमा अहिलेपनि एमसीसीविरुद्ध प्रदर्शन भइरहेको छ । प्रदर्शन चर्किएसँगै प्रहरी र प्रदर्शनकारीबीच केहीबेर दोहोरो झडपसमेत भएको थियो ।
प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ भने प्रदर्शनकारीहरूले ढुंगा, बोतल, लाठी प्रहार गरेका छन् । प्रदर्शनकारीको ढुङ्गा लागेर केही पत्रकारसमेत घाइते भएका छन् ।
तस्बिरहरू : अभिषेम महर्जन/बाह्रखरी