अब अरुण तेस्रोमा विवाद नगरौं : उर्जामन्त्री

२६, वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा अरुण तेस्रो जलविद्युत आयोजनाको शिलान्यास गर्ने कार्यक्रम छ । यो आयोजना भारतलाई दिन नहुने टिप्पणीहरु आइरहेको छन् । यसै सन्दर्भमा जलस्रोत उर्जा तथा सिञ्चाई मन्त्री वर्षमान पुनले भने अब अरुण तेस्रोको विषयमा विवाद गर्न जरुरी नरहेको बताएका छन् । सरकारले टेण्डर …

सम्बन्धित सामग्री

विदेशीलाई कुनै पनि हालतमा दिन हुँदैन : उर्जामन्त्री

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललले जनता आफै आयोजना बनाउन सक्षम भए विदेशीलाई कुनै पनि हालतमा दिन नहुने बताउनुभएको छ । मंगलबार उर्जा मन्त्रालयमा संखुवासभाको अपर अरुण आयोजनास्थलका स्थानीयको ज्ञापन पत्र बुझ्दै उहाँले आयोजनामा पहिलो हक स्वदेशी नागरिककै हुने बताउनुभयो । यो आयोजना जनताकै लगानीमा बन्ने मन्त्री भुसालले बताउनुभयो । ‘नेपालको पानी […]

वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार तत्पर छ : प्रधानमन्त्री

भदौ २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा वैदेशिक लगानी बढाउने वातावरण तयार गर्न सरकार सकारात्मक रहेको बताएका छन् । लगानी बोर्ड नेपालको १० औं वार्षिकोत्सवका अवसरमा बुधवार आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले स्वदेशी पूँजीले मात्रै नेपालको विकास अघि बढ्न नसक्ने बताउनुभयो । उहाँले त्यसका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेकोसमेत बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘म वैदेशिक लगानीका लागि सबै लगानीकर्ताहरुलाई आह्वान गर्न चाहन्छु,’ सो अवसरमा प्रधानमन्त्री देउवाले राष्ट्रिय प्राथमिकताका योजनाहरूमा लगानीको वातावरण बनाउन पनि लगानी बोर्डलाई निर्देशन दिनुभयो । उहाँले नेपालले लिएको दिगो विकासको लक्ष्य प्राप्तिका लागि राष्ट्रिय प्राथमिकताका योजना र क्षेत्रहरुमा लगानी बढाउनुपर्ने पनि बताउनुभयो। ‘लगानीका लागि जहाँ अवरोधहरु छन्, तिनलाई सहजीकरण गर्न सरकार तयार छ’, उहाँले भन्नुभयो ।  कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीप्रतिको आकर्षण बढे पनि पर्याप्त विदेशी लगाउन भित्र्याउन नसकिएको बताए ।उनले लगानीसँगै त्यसको सुरक्षा लगानीकर्ताका लागि महत्त्वपूर्ण हुने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने बताए । विगतको भन्दा लगानीप्रतिको आकर्षण बढेको  भन्दै उनले हामीकहाँ सुरक्षासहितको लगानीको वातावरण बनाउनुपर्ने अवस्था रहेको बताए । ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले सरकारले नेपालको विकासका लागि महत्वपूर्ण परियोजनालाई प्राथमिकता दिएको उल्लेख गर्दै ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्नसक्ने क्षमता मुलुकमा रहेको जानकारी दिइन् । उनले अहिले जम्मा १ हजार ३८३ मेगावाटमात्र उत्पादन भइरहेको बताइन् ।             उर्जामन्त्री भुसालले सरकारले २०३० भित्र कम्तीमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने सोच राखेको र जलविद्युत् क्षेत्रको विकासमा ध्यान केन्द्रित गरेको जानकारी दिइन् ।    लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले सिमेन्ट र विद्युत् उत्पादनलाई बढावा दिइरहेको जानकारी गराउँदै ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण कार्य जारी रहेको बताए।             नेपाल लगानीमैत्री देश रहेको औंल्याउँदै उनले विभिन्न परियोजनामा विदेशी लगानीसहित काम भइरहेको जानकारी दिए ।

वीरगन्ज महानगर पूर्ण खोपयुक्त पालिका घोषणा

असार ३१, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकालाई पूर्ण खोपयुक्त पालिका घोषणा गरिएको छ । बिहीवार वीरगञ्जमा आयोजित समारोहमा प्रदेश नम्बर २ का खानेपानी तथा उर्जामन्त्री ओमप्रकाश शर्माले महानगरलाई पूर्ण खोप घोषणा गरेका हुन् ।  वीरगन्ज महागनरपालिकाका १५ महीना उमेरसम्मका बालबालिकालाई लगाइने १२ प्रकारका सबै खोप लगाइसकेपछि पूर्ण खोप घोषणा भएको हो । मन्त्री शर्माले बालबालिकाको पहिलो अधिकार स्वास्थ्य भएकाले कोही पनि बालबालिका खोपबाट बञ्चित हुन नहुने बताए ।  कोरोना संक्रमणको महामारीले खोप कार्यक्रम प्रभावित भए पनि वीरगञ्ज महानगरपालिकाले पूर्ण खोप घोषणा गर्नु सराहनीय भएको मन्त्री शर्माले बताए । महानगरप्रमुख विजयकुमार सरावगीले महानगरपालिकालाई पूर्ण खोप घोषणा गरेर मात्रै नहुने बताउँदै यसलाई निरन्तरता दिनका लागि स्थानीय वडा अध्यक्षलगायत जनप्रतिनिधिहरूको सक्रियता आवश्यक रहेको बताए ।  स्थानीय जनप्रतिनिधिले वडास्तरीय खोप समितिलाई सक्रिय बनाएर वडाभित्रका बालबालिकालाई खोपको मात्रा सुनिश्चित गर्न सक्रिय भूमिका खेल्न सरावगीले आग्रह गरे । पूर्णखोप घोषणाका लागि वीरगन्ज महानगरपालिकाले केही समयअघि महानगरका ३२ ओटै वडामा १६ देखि २३ वर्षसम्म उमेर समूहका बालबालिकाले खोप लिए÷नलिएको बारेमा २९ हजार १९३ घरधुरीमा सर्वेक्षण गरेको थियो ।  सर्वेक्षणका क्रममा जन्मिएदेखि १५ महिनाभित्रमा सबै १२ प्रकारका खोप लगाउने बालबालिकाको संख्या २ हजार ६६ जनामात्र देखिएको महानगरका स्वास्थ्य तथा सामाजिक महाशाखा प्रमुख अरुण महतोले जानकारी दिए ।  ५८७ जना बालबालिकाले आंशिक र ओठ जनाले कुनै पनि खोप नलगाएको फेला परेको उनले बताए । महानगरका ३२ ओटै वडामा स्वास्थ्यकर्मी र स्वयंसेवी खटाएर खोप लगाउन छुटेका सबै बालबालिकालाई खोप लगाइएपछि महानगरललाई पूर्ण खोपयुक्त घोषणा गरिएको महानगरका प्रेस सल्लाहकार गोविन्द देवकोटाले बताए ।