पछिल्लो समय प्रेम दिवसलाई नेपालमा विभिन्न तरिकाले सेलिब्रेसन गर्ने गरिएको छ । प्रेममा रहेका युवा–युवतीले आफ्नै तरिकाले प्रेम दिवस मनाउने गरेका छन् ।अब प्रेम गर्नेहरुले मात्रै होईन् विभिन्न संस्थाहरुले पनि प्रेम दिवस लक्षित विविध कार्यक्रमहरुको आयोजना गर्न थालेका छन् । प्रेम दिवसलाई लक्षित गरि पर्यटकीय नगरी सौराहामा मङ्गलबारदेखि ‘खाना महोत्सव’ हुने भएको छ ।