काठमाण्डाै - सेनाको बम डिस्पोजल टोलीले काठमाण्डौको ढुङ्गेअड्डामा भेटिएको शङ्कास्पद वस्तु डिस्पोज गरेको छ ।
बिहान दुई वटा जेब्रा झोलामा भेटिएको शङ्कास्पद वस्तु केहीबेर अघि सेनाको टोलीले डिस्पोज गरेको हो । बिहान स्थानीय बासिन्दाले शङ्कास्पद वस्तु देखेपछि प्रहरीमा खबर गरेका थिए । शङ्कास्पद वस्तु प्रेसरकुकर बम भएको आशङ्का गरिए पनि सार्वजनिक गरिएको छैन ।
शङ्कास्पद वस्तु डिस्पोज गरेसँगै बिहानदेखि रोकिएका गाडी अहिले चल्न थालेका छन् । बिहान यो रुटमा साना तथा ठूला कुनै पनि गाडी चल्न दिइएको थिएन । लामो समयसम्म ...