अस्पतालहरूले सहजै बीमा सुविधाबापतको रकम नपाएको भन्दै सेवा प्रभावित हुँदा आमनागरिकको स्वास्थ्य उपचारमा पहुँच पुर्याउन सञ्चालन गरिएको स्वास्थ्य बीमा कार्यक्रम अविश्वासिलो बन्दै गएको छ । सरकारले बीमाको रकम सुनिश्चित गर्न नसक्दा देशैभरका अस्पतालहरूलाई बीमाबापतको रकम भुक्तानी हुन सकेकाे छैन । तर, यसैबीचमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले बीमाको दायरा बढाएर ५ लाख पुर्याइने घोषणा गरेका छन् ।...