नेपाली काँग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि रिक्त हुन गएको हो । बुधबार भएको राष्ट्रियसभा सदस्यमा बाग्मती प्रदेशबाट पौडेल विजयी भएसँगै काँग्रेस मुख्यालयको मुख्य सचिव पद रिक्त भएको हो । यसअघि काँग्रेस सभापति शेरबहादुर देउवाले पौडेललाई मनोनीतबाट राष्ट्रिय सभामा ल्याउन चाहेका थिए । तर, राष्ट्रपति विद्यादेवी भण्डारीले पौडेल र गोपाल बस्नेतको नाम अस्वीकृत गरेकी थिइन् । बस्नेत पनि प्रदेश १ बाट राष