काठमाडौ । मुख्य सचिव शंकरदास वैरागीले सरकारका सबै सचिवलाई छिटोभन्दा छिटो मन्त्रालय र मातहतका कार्यालयमा ‘अफिस अटोमेसन’ लागू गर्न निर्देशन दिएका छन् । सचिव बैठकमा बुधबार उनले यस्तो निर्देशन दिएका हुन् । वार्षिक प्रगति प्रतिवेदन तयार गर्ने तथा प्रशासनिक कामकारबाहीमा चुस्तता ल्याउनेबारे विभिन्न निर्णयसहित कार्यान्वयन थालिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता कृष्णबहादुर राउतले जानकारी दिए […]