संसदीय दलको नेता चयन गर्ने दिन जसपाका अध्यक्ष उपेन्द्र यादव जनकपुरमा

जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । तर पार्टी अध्यक्ष उपेन्द्र यादव भने आज बिहानै जनकपुर उडेका छन् । आफू संसद्मा नरहेको कारण संसदीय दलको नेता चयनमा कुनै हस्तक्षेप नगर्ने र बैठकमा पनि नरहने भन्दै उनी जनकपुर उडेका हुन् ।जनकपुर जाने तयारी गरिरहँदा पार्टीका नेताहरूले यादवलाई जनकपुर नजान आग्रह गर्दै भनेका थिए, नेता चयन गर्ने समय तय भइसकेको छ तपाई जनकपुर जान लाग्नु भएको हो चयन गरेर जाँदा हुन्थ्यो नि । जवाफमा अध्यक्ष यादवले भनेका थिए, ‘म अहिले संसदमा छैन, बैठ

सम्बन्धित सामग्री

जसपाले आज संसदीय दलको नेता चयन गर्दै

काठमाण्डाै – जनता समाजवादी पार्टी (जसपा) नेपालले आज संसदीय दलको नेता चयन गर्दैछ । जसपा संसदीय दलको नेता चयनका लागि निर्वाचन कार्यतालिका अनुसार आज बिहान ११ बजेदेखि १२ बजेसम्म मनोनयन दर्ता हुने र अन्य प्रक्रिया पूरा गरेर साढे २ बजेदेखि साढे ३ बजेसम्म मतदान हुनेछ ।  मतदान सकिएलगत्तै परिणाम सार्वजनिक गर्ने जसपा संसदीय दलको कार्यालयले जनाएको छ । प्रतिनिधि सभामा जसपाका १२ जना सांसद रहेका छन् । अध्यक्ष उपेन्द्र यादव गएको मंसिर ४ गते भएको प्रतिनिधि सभा चुनावमा पराजित हुनुभएको थियो । दलको नेताका रुपमा सं...

जसपा संसदीय दलको नेता चयन गर्न बुधबार चुनाव

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेता चयनका लागि बुधबार चुनाव हुने भएको छ। निर्वाचन समितिले मंगलबार निर्वाचन तालिका सार्वजनिक गर्दै बुधबार मतदान हुने जनाएको हो। विहान ११ देखि १२ बजेसम्म मनोनयन दर्ता गर्ने र दिउँसो २ देखि दिउँसो साढे २ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने तालिका छ।घोषित तालिका अनुसार दिउँसो साढे २ देखि साढे ३ बजेसम्म मतदान हुने जनाइएको छ। जसापाका प्रतिनिधिसभामा १२ जना सांसद छन्। अध्यक्ष उपेन्द्र यादव निर्वाचनमा पराजित भएकाले सं

सांसदहरुको शपथ ग्रहणपछि मात्र जसपाले संसदीय दलको नेता छान्ने

जनता समाजवादी पार्टी नेपालले सांसदको शपथग्रहणपछि मात्र संसदीय दलको नेता चयन गर्ने भएको छ । लगभग सबै प्रमुख दलले संसदीय दलको नेता टुङ्ग्याइसके पनि जसपाले हालसम्म त्यसबारे छलफल पनि सुरु गरेको छैन ।जसपाका प्रवक्ता मनिष सुमनका अनुसार पार्टीभित्र संसदीय दलको नेतालगायत अन्य विषयको बारेमा पार्टीमा आन्तरिक गृहकार्य सुरु भएको छ । संघीय सांसदको शपथग्रहणपछि संसदीय दलको नेता चयन हुने उनको भनाइ छ ।जसपाका अध्यक्ष उपेन्द्र यादव प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएपनि अब संसदीय दलको नेता को हुने भन्नेमा अन्य

जसपा संसदीय दलको नेतामा अध्यक्ष यादव चयन

काठमाडौँ– जसपाको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन भएका छन्। शनिबार बसेको संसदीय दलको बैठकले अध्यक्ष यादवलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको नेता महोमद इस्तियाक राईले जानकारी दिए। साउन ११ गते निर्वाचन आयोगले यादव पक्षलाई आधिकारिकता दिएपछि उक्त समूहले गरेका जसपाका गतिविधिले वैधानिकता पाएका छन्। जसपाको ३४ जना सांसदमध्ये यादवको पक्षमा २५ […]

जसपा संसदीय दलको नेताको निर्वाचन साउन १६ मा

काठमाडौं।जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको नेता छनोटका लागि साउन १६ गते चुनाव हुने भएको छ। बिहीबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले १६ गते चुनाव गर्ने निर्णय गरेको हो। दाबेदारहरुको टुंगो नलागेपनि अध्यक्ष उपेन्द्र यादव दलको नेता बन्ने निश्चित जस्तै छ। जसपाका कुल ३४ सांसदमध्ये २ निलम्बित र १० महन्थ ठाकुर पक्षमा रहेकाले बाँकी २२ जनामध्येबाट संसदीय दलको नेता चयन हुनेछन्।

जसपाले संसदीय दलको नेता चयन प्रक्रिया थाल्यो

काठमाडौँ – पार्टीको आधिकारिकता प्राप्त गरेपछि बसेको जसपाको बैठकले संसदीय दलको विधान पारित गरेको छ। सोमबार अध्यक्ष उपेन्द्र यादव पक्षले दलको आधिकारिकता पाएपछि मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकले विधान पारित गर्दै दलको नेता चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। बैठकले दलको नेता चयनका लागि नेता नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशिला श्रेष्ठ […]

महन्थले राजेन्द्र महतोलाई दिए बधाई

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले संसदीय दलको नेतामा चयन भएको भन्दै वरिष्ठ नेता राजेन्द्र महतोलाई बधाई दिएका छन् । ठाकुर-महतो पक्षीय सांसदहरूको बिहीवारको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको शुक्रवार मात्र सार्वजनिक भएको थियो । अर्का अध्यक्ष उपेन्द्र यादव पक्ष भने उक्त बैठकमा सहभागी थिएन ।