इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा चेन्नई सुपर किंग्स मुम्बई इण्डियन्ससँग ५ विकेटले पराजित भएको छ। वानखडे गएराति स्टेडियममा भएको खेलमा पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित ओभरमा अलआउट हुदै ९७ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ गरेको मुम्बईले १४.५ ओभर खेल्दा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। मुम्बईको जितमा तिलक बर्माले अविजित रहँदै ३४ रन बनाए। यस्तै कप्तान रोहित शर्मा र ऋतिक शोकेन समान १८ रनमा आउट भए। टिम डाभिड १६ रनमा अविजित रहे। चेन्नईका मुकेश चौधरीले ३ विकेट लिए