आधा दर्जन सस्ता ईभी मोडल थपिँदै

काठमाडौं । कम मूल्यमा कर पाउने विषय नेपालको लागि नौलो जस्तै हो । यद्यपि, विद्युतीय कारको आयात बढ्दै जाँदा १५ लाखदेखि ४० लाख रुपैयाँभन्दा कम मूल्यमा थुप्रै मोडल उपलब्ध भइरहेका छन् । अहिले धेरै ब्राण्डले नेपालमा आफ्नो उत्पादन बिक्री सुरू गर्न लागेका छन् । यसरी बिक्री सुरू गर्न लागेका ब्राण्डहरू मध्ये डोङफेङ, विलिङ, बीवाइडी, टाटा, […]

सम्बन्धित सामग्री

ईभी-थ्री जस्तै देखिने किया सिरोस, अर्को साता सार्वजनिक हुँदै

काठमाडौं । किया मोटर्सले भारतमा उत्पादन गर्ने चौथो मोडल सिरोस आगामी साता सार्वजनिक हुने भएको छ । डिसेम्बर १९ तारिखमा सार्वजनिक हुने सिरोन एसयूभीको फ्रन्ट लुक्स ईभी थ्री जस्तै देखिन्छ । इलेक्ट्रीक मोडल ईभी-९ देखि ईभी-थ्रीसम्म सबै मोडल लगभग उस्तै लुक्समा तयार भएको छ । त्यही डिजाइन ल्याङ्गवेजलाई कियाले सिरोसमा पनि निरन्तरता दिएको छ । […]

किया ईभी-फोरमा दुई ठूला स्कृन, यस्ता छन् अन्य फिचर

काठमाडौं । कियाले आफ्नो नयाँ मोडल ईभी-फोर मोडलको परीक्षण तिब्र बनाएको छ । कोरियन कार निर्माताले ईभी सिरिजमा यसअघि ईभी-सिक्स, ईभी-नाइन, ईभी-फाइभ र ईभी-थ्री बजारमा ल्याइसकेको छ । यी मध्ये नेपाली बजारमा दुई मोडल उपलब्ध भइसकेको छ । किया ईभी सिक्स र ईभी नाइन अहिले नेपाली बजारमा पनि खरिद गर्न सकिन्छ । दुबै मोडल मूल्यका […]

कियाको अर्को इलेक्ट्रीक कार ‘ईभी-८’, रेन्ज ८०० किमी

काठमाडौं । कियाले ईभी-६ को सफलतासँगै त्यहि प्लेटफर्ममा नयाँ प्रिमियम क्रसओभर मोडल ल्याउने भएको छ । कम्पनीले ल्याउने नयाँ क्रसओभरको नाम ‘ईभी-८’ रहने छ । कियाले विद्युतीय कार उत्पादनमा निकै आक्रमक रणनीति तयार गरेको छ । कम्पनीले निरो, सोल, ईभी-६, ईभी-९ र ईभी-५ जस्ता मोडल विश्वबजारमा बिक्री गर्दै आएको छ । चाँडै ईभी-४ र ईभी-८ […]

पारामाउन्ट मोटर्सको एमजी कमेट ईभी र एमजी ४ ईभी नेपाली बजारमा उपलब्ध

एमजी गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा यी दुई मोडल नयाँँ नाम हुन् । सार्वजनिक कार्यक्रममा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले नेपाली बजारमा यी दुई विद्युतीय सवारी भित्र्याउन पाउँदा अत्यन्तै...

चर्चित जापानीज कार ब्राण्डको ८ नयाँ ईभी मोडल घोषणा

काठमाडौं । जापनीज अटोमोवाइल कम्पनी सुबरुले ८ नयाँ ईभी मोडल बजारमा ल्याउने घोषणा गरेको छ । सुबरुले सन् २०२८ सम्ममा ८ नयाँ मोडल बजारमा ल्याउने घोषणा गरेको हो । त्यसको सुरुवातमा सन् २०२६ भित्र ४ नयाँ मोडल र त्यसपछिको दुई वर्ष अर्थात् सन् २०२८ सम्ममा ८ नयाँ मोडल ल्याउने योजना बाहिर ल्याएको हो । यी […]

हुन्डाई कोना ईभी २०२४ मोडल सार्वजनिक, यस्ता छन् फिचर्स

काठमाडौं । हुन्डाई कोना ईभीको २०२४ मोडल सार्वजनिक भएको छ । न्यूयोर्क इन्टरनेसनल अटो शोमा उक्त ईभी सार्वजनिक गरिएको हो । कम्पनीले यो नयाँ ईभीमा फरक ब्याट्री क्षमता र पावर आउटपुटसहित सार्वजनिक गरेको हो । यस इलेक्ट्रीकमा प्रयोग भएको ब्याट्री साइज पनि अघिल्लो मोडलको तुलनामा केही ठूलो रहेको छ। नयाँ कोना इलेक्ट्रीकमा दुई वटा ब्याट्री […]

आगामी दुई वर्ष भित्रै १० ईभी मोडल सार्वजनिक गर्दै अउडी

काठमाडौं । अउडीले आगामी २ वर्ष भित्रमा कम्तीमा १० वटा नयाँ ईभी लन्च गर्ने घोषणा गरेको छ । कम्पनीले सन् २०२५ सम्ममा कुल २० वटा गाडी लन्च गर्ने घोषणा गरेको छ । सोमध्ये १० वटा मोडल विद्युतीय ल्याउने भएको हो । कम्पनीको यो योजनामा क्यू ४ ई–ट्रोनभन्दा तल इन्ट्री लेभल मोडल पनि समावेश रहेको छ […]

नेक्सन ईभी ५ भेरियन्टमा विक्री हुँदै, चाँडै म्याक्स मोडल नेपाल आउँदै (मूल्यसहित)

काठमाडौं । सिप्रदी ट्रेडिङले नेपालमा विक्री गर्दै आएको टाटा नेक्सन ईभी अहिले सर्वाधिक विक्री हुने मोडल हो । पछिल्ला महिनामा औषत ३ सय यूनिटका दरले विक्री हुँदै आएको नेक्सन अहिले पनि सबैभन्दा धेरै खरिद हुने कार हो । टाटा नेक्सन ईभी कम्बस्चनको तुलनमा कम मूल्य भएकै कारण धेरै मानिसले किन्दै आएका छन् । भारतीय बजारमा […]

ईभी नेपाल एक्सपो सम्पन्न, आईएमई इलेक्ट्रिक स्कुटरको स्टल उत्कृष्ट घोषित

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘ईभी नेपाल एक्सपो २०२२’ सम्पन्न भएको छ । एसडी एक्सपो मिडियाको आयोजनामा १६, १७ र १८ मंसिरसम्म सञ्चालन भएको एक्स्पोमा आईएमई इलेक्ट्रिक स्कुटरको स्टल ‘नम्बर १ स्टल’ घोषित भएको कम्पनीले जनाएको छ । आईएमई इलेक्ट्रिकले नेपाली बजारमा बिक्री–वितरण गरिरहेको राफ्ट इलेक्ट्रिक स्कुटरका ३ मोडल एक्सपोको अवसरमा डिस्प्ले गरिएका थिए । […]

नेपालमा भित्रिँदै टाटा टिगोर ईभी

काठमाडौं (अस) । नेपाली बजारमा टाटाको सेडान टिगोर बिक्री हुँदै आएको छ । आन्तरिक एवं बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिनाअघि  भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर ईभी सार्वजनिक गरेको छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुआती मूल्य भारु ११ लाख ९९ हजार पर्छ । नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार नेपाली बजारमा टिगोर ईभी छिट्टै भित्रने भएको छ । टिगोर ईभी नेपाली बजारमा भित्रिएपछि टाटाका दुई विद्युतीय मोडल टिगोर ईभी र नेक्सन ईभी हुनेछन् । नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ । टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ, जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा  ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ । टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । यो २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । भारतमा जस्तै नेपाली बजारमा टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ । यो डुअल–टोन विकल्पमा उपलब्ध गराए यसको माथिल्लो भाग (रुफ) भने कालो रंगको हुनेछ । गाडीको अगाडि भागमा पूरै एलइडी डीआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ । यसको पछाडि हेर्ने रिअर भ्यू ऐना फोल्डेबल छन् । गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसीलगायत विशेषता छन् ।