काठमाडौँ – जनता समाजवादी पार्टी नेपालभित्रको विवाद थप पेचिलो बन्दै गएको छ । पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवबीच मतभेद बढिरहेका बेला पार्टीका केन्द्रीय सदस्य पूर्ण बस्नेत लगायत नेताहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् । ध्यानाकर्षण पत्रमा अध्यक्ष डा.भट्टराईलगायतका केन्द्रीय नेताहरूले पार्टी विरोधी गतिविधि गरेको भन्दै कारबाहीको माग गरिएको छ । […]