काठमाण्डौ – वैदेशिक रोजगारीका नाममा भइरहेको ठगी रोक्न आप्रवासी कामदार हकहित संरक्षण केन्द्र दिक्तेलले जिल्ला प्रशासन कार्यालय दिक्तेललाई छ बुँदे ज्ञापन पत्र बुझाएको छ ।
आप्रवासी कामदार हकहित संरक्षण केन्द्र, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका नगर स्तरीय समितिका अध्यक्ष प्रेम कुमार श्रेष्ठको हस्ताक्षरमा बुझाइएको ज्ञापनपत्रमा वैदेशिक रोजगारीका नाममा म्यानपावरबाट भइरहेको ठगी नियन्त्रण गर्न विभागले द्रुतगतिमा अनुगमन गरी कडा कारबाही गर्नुपर्ने, फ्री भिसा फ्री टिकट पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने, बिमा कम्पनीले मृतक परिवारलाई प्र...