मे महिनामा हिरो मोटोकर्पको बिक्री ५१ प्रतिशत घट्यो

एजेन्सी। भारतको सबैभन्दा ठूलो दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको बिक्री मे महिनामा ५१ प्रतिशत घटेको छ। गत मे महिना १ लाख ८३ हजार ४४ वटा मोटरसाइकल बिक्री गरेको कम्पनीले अप्रिलमा ३ लाख ७२ हजार २८५ वटा बिक्री गरेको थियो। महामारीका कारण गरिएको लकडाउनले कामकाज र उत्पादनमा समेत असर परेकाले बिक्री घटेको मंगलबार कम्पनीले बताएको छ।

सम्बन्धित सामग्री

नेपालमै बनेको हुन्डाई भेन्यूको बिक्री सुरू, मूल्य ८ प्रतिशत घट्यो

काठमाडौं । नेपालमै उत्पादन भएको हुन्डाईको भेन्यू बिक्री सुरू भएको छ । नेपालका लागि हुन्डाई मोटरको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलको भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसनले नेपालमै हुुन्डाई भेन्यूको व्यवसायिक उत्पादन गरी बिक्री सुरू गरेको हो । लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी गु्रपको लगानी तथा हुन्डाई मोटर कम्पनीका सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी […]

गलत हल्लाले बेलायतमा इभीको बिक्री घट्यो

पछिल्लो समय विश्वभरि विद्युतीय सवारी (इभी) को लोकप्रियता दिनदिनै बढिरहेको छ। लोकप्रियतासँगै सवारीधनीहरूको चिन्ता पनि उत्तिकै बढेको छ।अटोट्रेडरले गरेको अनुसन्धानअनुसार ४७ प्रतिशत सवारी धनी मात्र आफूले किनेको इभीमा विश्वस्त रहने गरेका छन्। उनीहरूलाई न त धेर...

साहस उर्जाको खुद नाफा ५४.३४ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । साहस उर्जा लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५४ दशमलव ३४ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ५८ करोड १३ लाख नाफा कमाएकोमा चालू आवमा रू. २६ करोड ५१ लाखमा झरेको हो । चालू आवमा  कम्पनीको प्रशासनिक खर्च बढेको छ भने वित्तीय खर्च रू. १४ करोड ७१ लाखमा भन्दा बढी रहेको छ । यस कारण पनि नाफा घटेको देखिन्छ । गत आवमा कम्पनीको प्रशासनिक खर्च रू. २५ लाख ७४ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ६७ लाख पुगेको छ ।  कम्पनीले २०७९ चैत १७ गतेबाट व्यावसायिक उत्पादन सुरु थालेको हो । उत्पादिन विद्युत बिक्रीको बिल नेपाल विद्युत प्राधिकरणमा पेस गरेको तथा बिल बमोजिम रकम भुक्तानीको क्रममा रहेको कम्पनीले जनाएको छ । यस कारण पनि कम्पनीको नाफा प्रभावित भएको देखिन्छ । चालू आवमा कम्पनीले विद्युत बिक्रीबाट रू. २१ करोड ८० लाख आम्दानी गरेको छ । गत आवमा कम्पनीले विद्युत उत्पादन गरी बिक्री शुरु गरेको थिएन ।  कम्पनीको चुक्ता पूँजी रू. ३ अर्ब ५० करोड रहेको छ । त्यस्तै कम्पनीको प्रतिशेयर आम्दानी रू. १० दशमलव १०(वार्षिकीकरण), मूल्य आम्दानी अनुपात ५१ दशमलव २९ गुणा र प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ६९ रहेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस

रुसमा कार बिक्री अप्रिलमा ७८.५ प्रतिशतले घट्यो

रुसमा कार बिक्री अप्रिलमा ७८.५ प्रतिशतले घट्यो छ ।  युक्रेनमा सैन्य अभियानलाई लिएर विभिन्न देशले प्रतिबन्ध लगाएपछि रुसमा कारको बिक्री अप्रिल महिनामा ७८ प्रतिशत भन्दा बढीले घटेको उद्योग तथ्याङ्कले बुधबार देखाएको छ।"अप्रिल २०२२ मा रुसमा नयाँ कार र हल्का कमर्शियल गाडीहरूको बिक्री अप्रिल २०२१ को तुलनामा ७८.५ प्रतिशतले घटेको,"  जनाइएको छ ।

तरलता अभावको असरः ५० प्रतिशतले घट्यो निर्माण सामग्रीको बिक्री

बैंकहरुमा देखिएको तरलता अभावको प्रभाव निर्माण क्षेत्रमा परेको छ । एकातिर तरलता अभाव र अर्कोतिर अर्थ मन्त्रालयले विकास बजेट खर्च गर्न नसकी थुपार्दा त्यसको प्रत्यक्ष प्रभाव निर्माण क्षेत्रमा परेको हो ।अहिले निर्माणको सिजन भएपनि निर्माण सामग्रीहरुको खपत भने ह्वात्तै घटेको छ । व्यक्तिगत आवासीय भवन, व्यावसायिक कम्प्लेक्स तथा विकासे आयोजनाहरूको निर्माण सुस्त हुँदा निर्माण सामग्रीको बिक्रि ५० प्रतिशतले घटेको छ । उत्पादनको आधा मात्रै बिक्रिअहिले बजारमा सिमेन्ट र फलामे डण्डीको माग अत्यन्त कम छ । उद्योगहरुले उत्पादनको ५० प्रतिशत मात्रै बिक्रि गर्न सकिरहेका छन् । नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्षसमेत रहेका डण्डी उद्योगी विष्णु न्यौपानेका अनुसार अहिले उद्योगीहरुले मूल्य घटाएर घाटामा बस्तु बेच्नु परेको छ । माग घटेपछि मूल्य निरन्तर घटिरहेको उनको भनाई छ ।उद्योगीहरुका अनुसार अहिले ओपीसी सिमेन्टको मूल्य बोरामा ५० रुपैयाँसम्म घटेको छ । फलामे डण्डीको भाउ पनि किलोमा ५ रुपैयाँले घटेको छ । कति छ मूल्य ?नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार सिमेन्टको मूल्य बोरामा ७ प्रतिशतसम्म घटिसकेको छ । यो क्रम अझै जारी रहने उनको भनाई छ ।काठमाडौँमा ओपीसी सिमेन्टको मूल्य ६७५ रुपैयाँमा आईपुगेको छ । पीपीसी सिमेन्टको उपभोक्ता मूल्य पनि ५७५ रुपैयाँ प्रतिबोराको वरीपरी छ ।प्रतिकिलो ११३ रुपैयाँसम्म पुगेको फलामे डण्डीको मूल्य अहिले घटेर ९७ देखि १ सय रुपैयाँको वरपर झरेको छ । सिजनमै किन खुम्चियो मागअहिले बैंकहरुमा तरलता अभाव छ । कुल खपत हुने निर्माण सामग्रीमध्ये ३० प्रतिशत मात्रै विकास आयोजनामा खपत हुन्छ । बाँकी ७० प्रतिशत व्यक्तिगत आवासी घर तथा व्यवसायिक भवनको निर्माणमा खपत हुने गर्दछ ।तर, अहिले व्यक्तिगत घर र कमर्सियल भवनहरु बन्न सकेका छैनन् । व्यक्तिगत घर र कमर्सियल भवन बनाउन बैंकहरुबाट ऋण पाउन सकिने अवस्था छैन । ऋण नपाएकाले मानिसहरुले घर बनाउन सक्ने अवस्था छैन ।विकास आयोजनाको काम पनि सुस्त गतीमा चलिरहेका छन् । जसका कारण निर्माण सामग्रीको बिक्रि आधाले घटेको छ ।

तरलता अभावले ५० प्रतिशत घट्यो निर्माण सामग्रीको बिक्री

सिजनमै माग घटेपछि सिमेन्टको मूल्य बोरामा ५० र डन्डीको प्रतिकिलो ५ रुपैयाँले घट्यो बैंकहरूमा चुलिएको तरलता अभाव र सरकारले विकास खर्च गर्न नसक्दा यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको छ । आवासीय...

मे महिनामा हिरो मोटोकर्पको बिक्री ५१ प्रतिशत घट्यो

एजेन्सी। भारतको सबैभन्दा ठूलो दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको बिक्री मे महिनामा ५१ प्रतिशत घटेको छ। गत मे महिना १ लाख ८३ हजार ४४ वटा मोटरसाइकल बिक्री गरेको कम्पनीले अप्रिलमा ३ लाख ७२ हजार २८५ वटा बिक्री गरेको थियो। महामारीका कारण गरिएको लकडाउनले कामकाज र उत्पादनमा समेत असर परेकाले बिक्री घटेको मंगलबार कम्पनीले बताएको छ।

भारतमा सवारीसाधनको बिक्री घट्यो

एजेन्सी। कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतमा अप्रिल महिनामा सवारीसाधनको बिक्री घटेको छ। भारतको ठूलो सवारी निर्माता मारुति सुजुकी इन्डियाले कोरोनाका कारण बिक्रीमा चार प्रतिशत गिरावट आएको शनिबार बताएको हो। त्यस्तै ह्युन्डेईको बिक्री आठ प्रतिशत घटेको कम्पनीले जानकारी दिएको छ। टाटाको उत्पादन ४१ तथा कियाको १६ प्रतिशत बिक्री घटेको कम्पनीहरुले बताएका छन्। अन्य कम्पनीका सवारी बिक्रीमा पनि गिरावट आएको छ।

हिरो मोटोकर्पको बिक्री ३५ प्रतिशत घट्यो

एजेन्सी। भारतीय दुईपांग्रे सवारी निर्माता हिरो मोटोकर्पको बिक्री अप्रिल महिनामा ३५ प्रतिशत घटेको छ। मार्च महिनामा ५ लाख ७६ हजार ९५७ इकाइ मोटरसाइकल बेचेको कम्पनीको अप्रिलमा ३ लाख ७२ हजार २८५ इकाइमात्र बिक्री भएको हो। कोरोनाको दोस्रो लहरको महामारीले बिक्रीमा गिरावट आएको कम्पनीले शनिबार बताएको छ। अहिले उत्पादन नभएको र स्टकमा रहेका सवारी पनि बिक्री नभएको कम्पनीको भनाइ छ।

भारतमा सवारीसाधनको बिक्री घट्यो

एजेन्सी। कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतमा अप्रिल महिनामा सवारीसाधनको बिक्री घटेको छ। भारतको ठूलो सवारी निर्माता मारुति सुजुकी इन्डियाले कोरोनाका कारण बिक्रीमा चार प्रतिशत गिरावट आएको शनिबार बताएको हो। त्यस्तै ह्युन्डेईको बिक्री आठ प्रतिशत घटेको कम्पनीले जानकारी दिएको छ। टाटाको उत्पादन ४१ तथा कियाको १६ प्रतिशत बिक्री घटेको कम्पनीहरुले बताएका छन्। अन्य कम्पनीका सवारी बिक्रीमा पनि गिरावट आएको छ।