तरलता अभावको असरः ५० प्रतिशतले घट्यो निर्माण सामग्रीको बिक्री

बैंकहरुमा देखिएको तरलता अभावको प्रभाव निर्माण क्षेत्रमा परेको छ । एकातिर तरलता अभाव र अर्कोतिर अर्थ मन्त्रालयले विकास बजेट खर्च गर्न नसकी थुपार्दा त्यसको प्रत्यक्ष प्रभाव निर्माण क्षेत्रमा परेको हो ।अहिले निर्माणको सिजन भएपनि निर्माण सामग्रीहरुको खपत भने ह्वात्तै घटेको छ । व्यक्तिगत आवासीय भवन, व्यावसायिक कम्प्लेक्स तथा विकासे आयोजनाहरूको निर्माण सुस्त हुँदा निर्माण सामग्रीको बिक्रि ५० प्रतिशतले घटेको छ । उत्पादनको आधा मात्रै बिक्रिअहिले बजारमा सिमेन्ट र फलामे डण्डीको माग अत्यन्त कम छ । उद्योगहरुले उत्पादनको ५० प्रतिशत मात्रै बिक्रि गर्न सकिरहेका छन् । नेपाल स्टिल बिलेट उत्पादक संघका अध्यक्षसमेत रहेका डण्डी उद्योगी विष्णु न्यौपानेका अनुसार अहिले उद्योगीहरुले मूल्य घटाएर घाटामा बस्तु बेच्नु परेको छ । माग घटेपछि मूल्य निरन्तर घटिरहेको उनको भनाई छ ।उद्योगीहरुका अनुसार अहिले ओपीसी सिमेन्टको मूल्य बोरामा ५० रुपैयाँसम्म घटेको छ । फलामे डण्डीको भाउ पनि किलोमा ५ रुपैयाँले घटेको छ । कति छ मूल्य ?नेपाल सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुब थापाका अनुसार सिमेन्टको मूल्य बोरामा ७ प्रतिशतसम्म घटिसकेको छ । यो क्रम अझै जारी रहने उनको भनाई छ ।काठमाडौँमा ओपीसी सिमेन्टको मूल्य ६७५ रुपैयाँमा आईपुगेको छ । पीपीसी सिमेन्टको उपभोक्ता मूल्य पनि ५७५ रुपैयाँ प्रतिबोराको वरीपरी छ ।प्रतिकिलो ११३ रुपैयाँसम्म पुगेको फलामे डण्डीको मूल्य अहिले घटेर ९७ देखि १ सय रुपैयाँको वरपर झरेको छ । सिजनमै किन खुम्चियो मागअहिले बैंकहरुमा तरलता अभाव छ । कुल खपत हुने निर्माण सामग्रीमध्ये ३० प्रतिशत मात्रै विकास आयोजनामा खपत हुन्छ । बाँकी ७० प्रतिशत व्यक्तिगत आवासी घर तथा व्यवसायिक भवनको निर्माणमा खपत हुने गर्दछ ।तर, अहिले व्यक्तिगत घर र कमर्सियल भवनहरु बन्न सकेका छैनन् । व्यक्तिगत घर र कमर्सियल भवन बनाउन बैंकहरुबाट ऋण पाउन सकिने अवस्था छैन । ऋण नपाएकाले मानिसहरुले घर बनाउन सक्ने अवस्था छैन ।विकास आयोजनाको काम पनि सुस्त गतीमा चलिरहेका छन् । जसका कारण निर्माण सामग्रीको बिक्रि आधाले घटेको छ ।

सम्बन्धित सामग्री

घट्यो ब्याजदर

काठमाडौंं, साउन १। वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ । नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका […]

घट्यो ब्याजदर

काठमाडौं । वाणिज्य बैंकहरूमा अधिक तरलता भएसँगै वाणिज्य बैंकहरूले ब्याजदर घटाएका छन् । निक्षेपमा विकर्षण र कर्जामा आकर्षण हुने गरी बैंकहरूले ब्याजदर घटाएका हुन् । विगतमा एउटै किसिमको हुनेगरी ब्याजदर तोकिँदै आएकामा अहिले भने पहिलोपटक ब्याजदरको कार्टेलिङ तोड्दै प्रतिस्पर्धात्मक तवरले ब्याजदर तोकिएको छ । नेपाल बैंकर्स संघको गत बिहीबारको बैठकले आ–आफ्नै हिसाबले ब्याजदर निर्धारणका लागि […] The post घट्यो ब्याजदर appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

तरलता सहज भएपछि ट्रेजरी बिल्सको ब्याजदर पनि घट्यो

काठमाडौं । बैंक, वित्तीय संस्थामा तरलता (Liquidity)  सहज भएपछि ट्रेजरी बिल्स (treasury bill) को ब्याजदर पनि घटेको छ । नेपाल राष्ट्र बैंक (Nepal Rastra Bank) ले सोमवार विभिन्न अवधिका गरी कुल २४ अर्ब ७० करोड रुपैयाँ बराबरको ट्रेजरीका लागि बोलकबोल आह्वान गरेकोमा बैंक (Bank) हरूले अघिल्लो साताको भन्दा ब्याजदर (Interest Rate) घटाएर खरीद गरेका हुन् ।  राष्ट्र बैंक (NRB)ले सोमवार २८ दिनको ५ अर्ब, ९१ दिनको ७ अर्ब ७० करोड, १८२ दिनको ५ अर्ब र ३६४ दिनको ७ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल्सका लागि बोलकबोल आह्वान गरेको थियो । त्यसमध्ये २८ दिने ट्रेजरीमा ८ दशमलव ३३ प्रतिशत, ९१ दिनेमा ९ दशमलव ६३, १८२ दिनेमा ९ दशमलव ६५ र ३६४ दिनेमा ९ दशमलव ५५ प्रतिशत औसत ब्याजदर कायम भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।  अघिल्लो साता २८ दिनको ट्रेजरीमा ८ दशमलव ५४ प्रतिशत, ९१ र १८२ दिनकोमा ९ दशमलव ७९ तथा ३६४ दिनकोमा ९ दशमलव ६४ प्रतिशत औसत ब्याजदर कायम भएको थियो । बजारमा तरलताको अवस्था सहज भए पनि कर्जा प्रवाह नभएपछि बैंकहरूले ब्याजदर घटाएर भए पनि ट्रेजरीमा लगानी गरेका हुन् ।  चालू आर्थिक वर्षका लागि केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति जारी गर्दै नीतिगत दरहरू बढाएपछि बैंकको ब्याजदर महँगो भएको थियो । सोही कारण सरकारले मौद्रिक उपकरणमार्फत उठाउने आन्तरिक ऋणको ब्याज पनि महँगो भएको थियो । पछिल्लो समय तरलताको अवस्था सहज हुनुका साथै ब्याज घटाउने केन्द्रीय बैंकको नीतिका कारण ट्रेजरीलगायत उपकरणको ब्याजदर घट्न थालेको छ ।  व्यवसायीको विरोधसँगै प्रधानमन्त्री र अर्थमन्त्रीको दबाबमा बैंक, वित्तीय संस्थाले वैशाखमा निक्षेप र कर्जाको ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले वैशाखदेखि मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा एकल अंक (९ दशमलव ९९ प्रतिशत) कायम गरेका छन्  । ट्रेजरी बिल्स सरकारले १ महीना वा त्यसभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको स्रोत जुटाउन ट्रेजरी बिल्स विक्री गरिन्छ ।  तरलता अवस्था सहज हुँदा बैंकहरूको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८५ दशमलव २० प्रतिशतमा झरेको छ । यस्तै अन्तरबैंक ब्याजदर पनि ७ प्रतिशत छ । तरलता सहज भएपछि बैंकहरूले राष्ट्र बैंकबाट लिने ओभरनाइट रिपो र स्थायी तरलता सुविधा (एसएलएफ) लिने क्रमसमेत घटेको छ ।  गत आर्थिक वर्षसम्म सरकारको आन्तरिक ऋण ९ खर्ब ८४ अर्ब रुपैयाँ रहेको छ । यस्तै चालू आवमा सरकारले २ खर्ब ५६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य राखेको छ । त्यसमध्ये दोस्रो त्रैमासमा ३० अर्ब र तेस्रो त्रैमासमा ८८ अर्ब ऋण उठाएको छ ।  चौथो त्रैमासमा १ खर्ब ३८ अर्ब ७९ करोड ऋण उठाउन बाँकी छ । यसमध्ये ट्रेजरी बिल्सबाट ७५ अर्ब, विकास ऋणपत्र (debenture)बाट ६० अर्ब, विकास ऋणपत्रबाट २ अर्ब ८२ करोड र वैदेशिक रोजगारबाट ९७ करोड उठाउने सरकार (Government)को लक्ष्य छ ।

तरलता र पेट्रोलको बढ्दो मूल्यका कारण ह्वात्तै घट्यो मोटरसाइकलको आयात

वीरगञ्ज- पछिल्लो समय बजारमा देखिएको तरलता र पेट्रोलको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण चालु आर्थिक वर्षको ११ महिनामा मोटरसाइकल आयात ह्वातै घटेको छ। देशको मुख्य आर्थिक नाका वीरगञ्ज भन्सार नाका भएर चालु आर्थिक वर्ष २०७८/७९ को ११ महिनामा ३ अर्ब ६९ करोड ४६ लाख ५६ हजार बराबरको ४१ हजार ९ सय ३० वटा मोटरसाइकल मात्रै […]

बैंकिङ प्रणालीमा घट्यो तरलता, राष्ट्र बैंक भन्छ– आत्तिनु पर्दैन

१७ माघ, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थप गहिरिएको छ । बैंकहरुको निक्षेप लगातार घट्ने क्रममा रहेको र कर्जा लगानी भने लगातार बढिरहेका कारण बैंकहरुमा तरलता घटेको हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निकै चाप रहेको तरलता दोस्रो त्रैमासमा भने झन् ठूलो चाप परि नयाँ कर्जा स्वीकृत गर्नै नसक्ने […]

एक हप्तामै घट्यो बैंकको १३ अर्ब निक्षेप

बैंकहरुमा लगानी योग्य रकम (तरलता) को पुनः अभावको संकेत देखिएको छ । स्थानीय तहको मौज्दात रकमको ८० प्रतिशत निक्षेपमा गणना गर्न पाएपछि सहज भएको तरलता समस्या पुनः बल्झिने देखिएको छ ।

तरलता अभावले ५० प्रतिशत घट्यो निर्माण सामग्रीको बिक्री

सिजनमै माग घटेपछि सिमेन्टको मूल्य बोरामा ५० र डन्डीको प्रतिकिलो ५ रुपैयाँले घट्यो बैंकहरूमा चुलिएको तरलता अभाव र सरकारले विकास खर्च गर्न नसक्दा यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको छ । आवासीय...

तरलता संकट : बैंकको कर्जा प्रवाह ३ अर्ब मात्र, १० दिनमा १५ अर्ब घट्यो निक्षेप

काठमाडौं : वाणिज्य बैंकहरूमा तरलता संकट अझै गहिरिएको छ।वाणिज्य बैंकहरूको निक्षेप गएको साता १५ अर्ब रूपैयाँ घटेको छ। वाणिज्य बैंकहरूको निक्षेप कात्तिक १८-२६ सम्ममा १५ अर्ब रूपैयाँ घटेको हो।नेपाल बैंकर्स एसोसिएशनका अनुसार कात्तिक १८ गते बैंकहरूको निक्षेप ४२ खर्ब ३८ अर्ब रूपैयाँ रहेकोमा कात्तिक २६ गते १५ अर्ब रूपैयाँले घटेर ४२ खर्ब २३ अर्बमा सीमित भएको छ। यसमध्ये विदेशी मुद्राको निक्षेप ३ अर्ब रूपैयाँ घटेको छ।पछिल्ला ९ दिनमा बैंकहरूले थप ३ अर्ब मात्र कर्जा प्रवाह गरेका

बैंकिङ क्षेत्रमा तलरता संकट कायमै, कर्जा लगातार बढ्दा निक्षेप भने घट्यो

२५ कात्तिक, काठमाडौं । बैंकिङ क्षेत्रमा तरलता समस्या यथावत देखिएको छ । दशैं अगाडिदेखि नै शुरु भएको तरलता संकट तिहार र छठ सकिँदा पनि यथावत देखिएको छ । कर्जा लगानीमा आक्रमक भएका बैंकहरु निक्षेप भने बढाउन नसक्दा तरलता संकट समाधान हुन नसकेको हो । बुधबारसम्म वित्तीय क्षेत्रमा १७ अर्ब रुपैयाँमात्रै तरलता रहेको नेपाल राष्ट्र बैंकका […]

आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता

काठमाडौं । कोरोना भाइरस महामारी व्यवस्थापन हुँदै गएपछि आर्थिक क्रियाकलापमा भारी वृद्धि भएको देखिएको छ। बैंक तथा वित्तीय संस्थामा उपलब्ध पैसाको स्तरले आर्थिक गतिविधि बढेको देखाएको हो। वित्तीय स्रोत (पुँजी)को उपयोगका आधारमा पनि आर्थिक गतिविधिलाई मापन गर्ने गरिन्छ। वित्तीय आँकडाले औद्योगिक क्रियाकलाप र नागरिकको किनमेल बढ्न थालेको देखाएका छन्। नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर... The post आर्थिक क्रियाकलापमा भारी वृद्धि, २ महिनामा घट्यो २ खर्ब तरलता appeared first on Purbeli News.