विराटनगर : प्रदेश १ नेकपा एमाले संसदीय दलका नेता भीम आचार्यले प्रदेश सरकार भए पनि काम गर्न नसकेको बताएका छन्।आज (आइतबार) बसेको प्रदेशसभाको बैठकमा विशेष समयमा बोल्ने क्रममा आचार्यले सरकार भए पनि काम दिन नसकेको र जनतालाई सम्बोधन गर्न नसकेको बताएका हुन्।मन्त्रालय विभाजन गरी आकार ठूलो बनाएको सरकाले जनताको काम गर्न नसक्ने तर्क दिँदै उनले संसद्लाई विधेयक दिन नसक्ने सरकारले विकास निर्माणको काम गर्न नसकेको बताए।उनले राजनीतिको विकृत अभ्यासबाट सरकार बनेको बताउँदै उनले जसरी जन्मियो त्य