भारतको मुम्बईको भांडुप इलाकामा एक मलको तेस्रो तलामा बनेको कोभिड अस्पतालमा बुधबार राती करिब १२ बजे आगलागी भयो । दुर्घटनामा १० जनाको मृत्यु भएको छ । यद्यपि, अस्पतालमा भर्ना भएका ७० बिरामीलाई सुरक्षित निकालिएको छ । उनीहरुलाई अर्को अस्पतालमा सारिएको छ । फायर ब्रिगेडका २२ वटा गाडी आगो निभाउन पुगे । १३ घण्टापछि आगोमाथि नियन्त्...