विदेशी विनिमय सञ्चितीमा कमी आएको छ । असार मसान्तमा १४ खर्ब १ अर्ब ८४ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ०.८ प्रतिशतले घटेर बैशाख मसान्तसम्म .१३ खर्ब ९० अर्ब ८४ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितीको मासिक प्रतिवेदनले विदेशी विनिमय सञ्चिति घटेको देखाएको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति बैशाख मसान्तमा १.९ प्रतिशतले वृद्धि भई ११ अर्ब ८७ करोड पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति बैशाख