पूर्वी-नवलपरासीको दुर्गम पहाडी बुलिंटारमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ । स्थानीयको मागअनुसार नै जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालय खोल्नुपर्ने ठाउँको छनोट गरेर गृह मन्त्रालय पठाएसँगै बुलिंटार गाउँपालिका ६ अत्रौलीटारमा कार्यालय स्थापना हुने भएको हो ।