कर्मचारी अभावले इलाका प्रशासन कार्यालय बन्द, सेवाग्राही मर्कामा

सिमकोट– नागरिकतामा हस्ताक्षर गर्ने कर्मचारी नभएपछि हुम्लाको मध्य भेगमा रहेको सर्केगाड इलाका प्रशासन कार्यालय बन्द भएको छ । लामो समयदेखि उक्त कार्यालय बन्द भएपछि नागरिकताका लागि आउने ताँजकोट, अदानचुली, चङ्खली र सर्केगाड गाउँपालिकाका सेवाग्राही मर्कामा परेका छन् ।  लामो बाटो काटेर इलाका प्रशासन कार्यालय पुगेका सेवाग्राही रित्तो हात घर फर्कन बाध्य भएका छन् । कार्यालय […]

सम्बन्धित सामग्री

तनहुँमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

दमौली (तनहुँ), १९ चैत । तनहुँको भिमाद नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको छ । बढ्दो जनसङ्ख्या र सेवाग्राहीलाई सहजरुपमा प्रशासनको सेवा प्रवाह गर्न तनहुँ क्षेत्र नं २ को भिमादमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरिएको हो । रास्वपा तनहुँ क्षेत्र नं २ ले आइतबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत उपप्रधानमन्त्री तथा […]

इलाका प्रशासन कार्यालय स्थापनाको माग

बाजुरा, ५ चैत । बाजुरा जिल्लाको पूर्वी र उत्तरी भेगका चार पालिकाका नागरिक इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै आइतबारदेखि आन्दोलित भएका छन् । कुण्डा भेगका नागरिकले राज्यको सेवा लिन वर्षौंदेखि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न तथा उक्त क्षेत्रका नागरिकलाई नागरिकतालगायत अन्य सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापनाबाट सहज हुने भएकाले त्यसो हुनुपर्ने माग गर्दै […]

गलकोटमा इलाका प्रशासन कार्यालय राख्न माग

गलकोट, २१ भदौ । बागलुङ जिल्लाको पुरानो सदरमुकामको रुपमा रहेको गलकोटमा इलाका प्रशासन, मालपोत र नापी कार्यालय राख्नका लागि पुनः पहल सुरु भएको छ । यसका लागि सर्व दलीयसहमति सहित जिल्ला प्रशासन कार्यालय मार्फत् गृहमन्त्रालयमा सिफारिस गरिएको छ । प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले गलकोटमा इलाका प्रशासन कार्यालयका स्थापना गर्न सिफारिस गरिएकोे जानकारी दिए । […]

ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग

१८ साउन, जनकपुरधाम । धनुषाको ढल्केवरमा इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गर्दै स्थानीय वासिन्दाले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएका छन् । ढल्केवर विकास संघर्ष समितिले प्रमुख जिल्ला अधिकारी काशीराज दहाललाई ज्ञापन पत्र बुझाउँदै इलाका प्रशासन कार्यालय स्थापना गर्न माग गरेको हो । संघर्ष समितिका संयोजक फुलगेन महतो (मगही) नेतृत्वको टोलीले ढल्केवरसहित धनुषाका उत्तरी […]

बुलिंटारमा इलाका प्रशासन कार्यालय स्थापना गरिने

पूर्वी-नवलपरासीको दुर्गम पहाडी बुलिंटारमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ । स्थानीयको मागअनुसार नै जिल्ला प्रशासन कार्यालयले इलाका प्रशासन कार्यालय खोल्नुपर्ने ठाउँको छनोट गरेर गृह मन्त्रालय पठाएसँगै बुलिंटार गाउँपालिका ६ अत्रौलीटारमा कार्यालय स्थापना हुने भएको हो ।

स्थानीयले गरे इलाका प्रशासन कार्यालय बुर्तिबाङमा तालाबन्दी

बागलुङ । इलाका प्रशासन कार्यालय बुर्तिबाङमा आज मंगलबार स्थानीयहरुले तालाबन्दी गरेका छन् । इलाका प्रशासन कार्यालय हाल सञ्चालनमा रहेको स्थानबाट अन्यत्र सार्न लागिएको भन्दै स्थानीयले विरोधस्वरुप तालाबन्दी गरेका हुन् । बुर्तिबाङ बजार संगमचोकमा रहेको प्रशासन कार्यालय पुरानो गाविस भवननजिकैको घरमा सार्ने तयारी भएपछि राजनैतिक दल र स्थानीयले विरोध गर्दै प्रशासन कार्यालय नसार्न आग्रह गरेका छन् […]

इलाका प्रशासन कार्यालय प्रमुख विहिन

बर्दिया । बर्दियाको राजापुरमा रहेको इलाका प्रशासन कार्यालय प्रमुख विहिन बनेको छ । यहि पुस १६ गते कार्यालय प्रमुख नायब सुब्बाको जिल्ला प्रशासन कार्यालयमा सरुवा भएर गएपछि राजापुर इलाका प्रशासन कार्यालय प्रमुख विहिन भएको हो । कार्यालय प्रमुख बिहिन बन्दा राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका स्थानीयहरु मर्कामा परेका छ्न । राजापुर इलाका प्रशासन कार्यालय प्रमुख […]

इलाका प्रशासन कार्यालय रामपुरमा नागरिकता बनाउने सेवाग्राहीको चाप बढ्दै

कात्तिक १३, पाल्पा । इलाका प्रशासन कार्यालय रामपुरमा सेवाग्राहीको चाप बढेको छ । जिल्ला सदरमुकाम तानसेनदेखि करीब ६५ किलोमिटर पूर्व रामपुरमा रहेको यस कार्यालयमा हाल नयाँ नागरिकता बनाउनेको चाप बढ्दो छ । यस आर्थिक वर्षको तीन महीनामा एक हजार ३०४ जनाले नयाँ नेपाली नागरिकता लिएका छन् । साउनमा ४०४, भदौमा ६१८ र असोजमा २८२ जनाले नयाँ नागरिकता बनाएका छन् । त्यस्तै ९८३ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । साउनमा ३४९, भदौमा ५५५ र ७९ जनाले प्रतिलिपि लिएको प्रशासन कार्यालयले जानकारी दिएको छ । यस आर्थिक वर्षको हालसम्म दु्रत राहदानी सिफारिस ६६, जनजाति प्रमाणित, नाबालक परिचयपत्र सिफारिस १४३ जनाले लिएको पाइएको छ ।  हाल दैनिक ४० ले नयाँ नागरिकता, दशले दु्रत राहदानी सेवा, जनजाति नाबालक प्रमाणित १५ जनाले लिने गरेको कार्यालय प्रमुख भगवानभक्त अर्यालले जानकारी दिए । ‘हिजोआज कार्यालयमा सेवाग्राहीको भीड बढेको छ, विशेष गरी नयाँ नेपाली नागरिकता बनाउने बढिरहेका छन्, सदरमुकाम तानसेन जानु नपर्ने हुँदा पनि उमेर पुग्ने बित्तिकै नागरिकता लिन आउने गर्नुभएको छ’, उनले भने । नागरिकता बनाउन सदरमुकाम आउन जानको झण्झटले पहिले आवश्यकता परेका समय मात्रै नागरिकता बनाउने गरेको पाइन्थ्यो भने अहिले गाउँबाटै सेवा पाइने भएपछि उमेर पुगेलगत्तै नेपाली नागरिकता बनाउने क्रम बढेको छ । यस कार्यालयबाट रामपुर नगरपालिका, निस्दी र पूर्वखोला गाउँपालिकाको वडा नं १ सिलुवाका स्थानीयवासीले सेवा लिँदै आएका छन् ।   यहाँको प्रशासन कार्यालयमा हाल कार्यालय सहयोगीसहित आठ जना स्थायी कर्मचारीको दरबन्दी छ । शाखा अधिकृत कार्यालय प्रमुख एक, नायब सुब्बा एक, खरिदार दुई, कम्प्युटर अपरेटर एक, सहलेखापाल, एक, कार्यालय सहयोगी दुई जना कर्मचारीको दरबन्दी तोकिएको छ । कार्यालयमा स्थायी दरबन्दीमा एक कार्यालय प्रमुख, दुई खरिदार छन् भने करारमा एक कम्प्युटर अपरेटर, दुई कार्यालय सहयोगी छन् । पूर्वी पाल्पाका स्थानीयलाई सेवा दिने उद्देश्यले विसं २०६३ असार १० गतेबाट कार्यालय स्थापना गरी सेवा दिन थालेपछि नागरिकलाई धेरै सहज भएको छ । रासस

कामविहीन इलाका प्रशासन कार्यालय

जाजरकोट : इलाका प्रशासन कार्यालय इल डोल्पा स्थापना भएको लामो समय वितिसके पनि कार्यालय प्रमुख नहुँदा स्थानीयले सेवा लिन पाएका छैनन्।   २०७३ असार १ मा कार्यालय स्थापना भयाे तर कर्मचारी नहुँदा स्थानीयले सेवा लिन पाएका छैनन्। इलाका प्रशासन कार्यालय इलको उदघाटन गरेर नायव सुब्बा जनार्दन रिजाललाई निमित्त प्रमुखमा खटाइ पठाइ...