नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले अब नेपाली जनताले एमाले अध्यक्ष केपी शर्मा ओलीको बोलीलाई विश्वास गर्न छोडेको बताएका छन् । मंगलबार धनुषाको तिनकोरीय चोकमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले लोकतान्त्रिक शक्तिहरूको गठनबन्धनले ओलीको तानाशाह प्रवृत्ति, दम्भ र अंहकारलाई परास्त गरेपछि नेपाली जनताले ओलीको बोलीलाई विश्वास गर्न छोडेको बताए । ओलीको दम्भ र अहंकारले लोकतन्त्र, संघीयता खतरामा परेको बताउँदै अध्यक्ष नेपालले भने, ‘ओली