सत्तारुढ दल नेकपा भित्रको विवाद क्रमश अस्वभाविक देखिंदै आएको छ । नेकपा भित्रको विवादले देशको राजनीतिलाई नै अस्थिरतातर्फ धकेलेको छ । देशलाई कायापलट गर्ने प्रतिवद्धता जनतामाझ दिएर आएका नेताहरु सत्ता केन्द्रित राजनीतिक दलदलमा दिनदिनै फसिरहेका छन् । कोरोनाको महामारी र जनजीविकाको अहंम सवालमा केन्द्रित हुनुपर्ने नेकपाका वरिष्ठत नेताहरु अहिले बेमौसमको राजनीतिक ताण्डव प्रदर्शन गरिरहेका छन्...