बीपीमा लिक्विड अक्सिजन ट्यांक स्थापना

धरान (अस) । अक्सिजनको व्यवस्थापनमा कठिनाइ भइरहेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लिक्विड अक्सिजन ट्यांक स्थापना गरिएको छ । नेपाल सरकारले उपलब्ध गराएको ८० लाख रुपैयाँ बजेटबाट २० हजार लिटर क्षमताको लिक्विड अक्सिजन ट्यांक स्थापना गरिएको हो । प्रतिष्ठानमा हाल चालू अवस्थामा रहेको अक्सिजन प्लान्ट बिग्रँदा, कम क्षमतामा चल्दा वा उत्पादनमा कमी हुँदा लिक्विड अक्सिजन ट्यांकबाट अक्सिजन आपूर्ति गरिने भएको छ । प्रतिष्ठानका अनुसार लिक्विड अक्सिजन ट्यांकबाट पाइपलाइनमार्फत विभिन्न वार्ड र कोभिड अस्पतालमा अक्सिजन पु¥याइनेछ । मुख्य अक्सिजन प्लान्ट बिग्रँदा वा मर्मतका लागि बन्द गर्नुपर्ने अवस्था आउँदा मात्रै लिक्विड अक्सिजन ट्यांकबाट कोभिड अस्पताल वा नन कोभिड वार्डहरूमा अक्सिजन सप्लाइ गरिने प्रतिष्ठानका सहप्रवक्ता डा. चूडामणि पोखरेलले जानकारी दिए । ट्यांक अक्सिजनको माग ५/६ दिनसम्म धान्न सक्ने क्षमताको रहेको पोखरेलले बताए । ‘बीपीमा अब अक्सिजनको ब्याकअप भयो । सिलिण्डरहरूमा भरेर ल्याउने झन्झट पनि हुँदैन,’ उनले भने ।  

सम्बन्धित सामग्री

वीपी प्रतिष्ठानमा लिक्विड अक्सिजन ट्यांक स्थापना

असार २४, धरान । अक्सिजनको व्यवस्थापनमा कठिनाई भोगिरहेको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप लिक्विड अक्सिजन ट्यांक स्थापना गरिएको छ । प्रतिष्ठानमा रहेको प्रतिमिनेट १ हजार ६०० प्रतिलिटर क्षमताको अक्सिजन प्लान्ट रहेपनि प्लान्ट विग्रदा, कम क्षमतामा चल्दा वा उत्पादनमा कमी हुँदा लिक्विड अक्सिजन ट्यांकबाट अक्सिजन सप्लाई गरिने भएको छ । नेपाल सरकारले उपलब्ध गराएको ८० लाख रुपैयाँको बजेटबाट २० हजार लिटर क्षमताको अक्सिजन ट्यांक स्थापना गरिएको हो ।  प्रतिष्ठानका अनुसार लिक्विड अक्सिजन ट्यांकबाट पाइपलाइनबाट विभिन्न वार्डहरुमा र कोभिड अस्पतालमा अक्सिजन सप्लाई हुनेछ । तर ट्यांक स्थापना गरिए पनि मुख्य अक्सिजन प्लान्ट विग्रदा वा मर्मतको लागि बन्द गर्नुपर्ने अवस्था आउदा मात्रै लिक्विड अक्सिजन ट्यांकबाट कोभिड अस्पताल वा नन् कोभिड वार्डहरुमा अक्सिजन सप्लाई गरिने प्रतिष्ठानका सहप्रवक्ता डा.चुडामणी पोखरेलले जानकारी दिए ।  ट्यांकले ५/६ दिनसम्म धान्न सक्ने क्षमताको रहेको पोखरेलले बताए । उनले भने, ‘वीपीमा अब अक्सिजनको ब्याकअप भयो । सिलिण्डरहरुमा भरेर ल्याउने झण्झट पनि हुँदैन, सबै वार्डहरुमा पाइपलाइन विस्तार हुँदा सिलिण्डरको रिप्लेस हुन्छ ।’

१२ अस्पताललाई थप ८ करोड १० लाख बजेटको सहमति

अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ । जसमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला […]

अर्थ मन्त्रालयद्वारा १२ ओटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति

जेठ १०, काठमाडौं । अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरीदका लागि सोमवार १२ ओटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ ।  जसमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख रुपैयाँ,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख रुपैयाँ, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख रुपैयाँ,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख रुपैयाँ, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख रुपैयाँ, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ रहेको छ ।    यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख रुपैयाँ,  रामेछाप अस्पतालका लागि ७५ लाख रुपैयाँ, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख रुपैयाँ,  टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख रुपैयाँ, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख रुपैयाँ र व्यास अस्पतालका लागि २५ लाख रुपैयाँ रहेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिंदै आएको छ ।

अर्थ मन्त्रालयले दियो थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ

अर्थ मन्त्रालयले थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेको छ । राजधानीको त्रिवि शिक्षण अस्पतालसहित उपत्यका बाहिरका विभिन्न १२ अस्पतालहरुलाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक,  एचडियु जडान  र पिसिआर मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत सो रकम उपलब्ध गराएको हो ।काठमाडौंको त्रिवि शिक्षण अस्पताललाई ८० लाख,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख,  जिल्ला अस्पताल दैलेखलाई ७५ लाख,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश