अर्थ मन्त्रालयद्वारा १२ ओटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति

जेठ १०, काठमाडौं । अर्थ मन्त्रालयले अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरीदका लागि सोमवार १२ ओटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ ।  जसमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख रुपैयाँ,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख रुपैयाँ, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख रुपैयाँ,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख रुपैयाँ, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख रुपैयाँ, जिल्ला अस्पताल इलामलाई ७५ लाख रुपैयाँ रहेको छ ।    यस्तै जिल्ला अस्पताल संखुवासभालाई ८० लाख रुपैयाँ,  रामेछाप अस्पतालका लागि ७५ लाख रुपैयाँ, चौरजहारी अस्पताल रुकुम पश्चिमका लागि ७५ लाख रुपैयाँ,  टिकापुर अस्पताल कैलालीका लागि ७५ लाख रुपैयाँ, ओखलढुङ्गा अस्पतालका लागि २५ लाख रुपैयाँ र व्यास अस्पतालका लागि २५ लाख रुपैयाँ रहेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माग गरे अनुसार अर्थ मन्त्रालयले कोभिड नियन्त्रण, उपचार तथा रोकथामका लागि आवश्यक सामग्री तथा पूर्वाधारको व्यवस्था गर्न विभिन्न समयमा सहमति दिंदै आएको छ ।   

सम्बन्धित सामग्री

१२ अस्पताललाई थप ८ करोड १० लाख बजेटको सहमति

अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक, एचडीयू जडान र पीसीआर मेसिन खरिदका लागि अर्थ मन्त्रालयले १२ वटा अस्पतालका लागि थप ८ करोड १० लाख रुपैयाँको सहमति दिएको छ । जसमा त्रिवि शिक्षण अस्पताललाई ८० लाख, जिल्ला अस्पताल चौतारालाई ७५ लाख, जिल्ला अस्पताल दैलेखलाई ७५ लाख, जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश्वरलाई ७५ लाख, जिल्ला […]

अर्थ मन्त्रालयले दियो थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ

अर्थ मन्त्रालयले थप १२ वटा अस्पतालका लागि ८ करोड १० लाख रुपैयाँ निकासा गरेको छ । राजधानीको त्रिवि शिक्षण अस्पतालसहित उपत्यका बाहिरका विभिन्न १२ अस्पतालहरुलाई अक्सिजन प्लान्ट स्थापना, अक्सिजन ट्यांक,  एचडियु जडान  र पिसिआर मेसिन खरिदका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत सो रकम उपलब्ध गराएको हो ।काठमाडौंको त्रिवि शिक्षण अस्पताललाई ८० लाख,  जिल्ला अस्पताल चौतारालाई ७५ लाख,  जिल्ला अस्पताल दैलेखलाई ७५ लाख,  जिल्ला अस्पाताल धनकुटालाई ७५ लाख, जिल्ला अस्पताल जलेश