उदयपुर : उदयपुर सदरमुकाम गाईघाट बजारको मुख्य चोक तथा बोक्से क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेरा बिग्रिएपछि समस्या भएको छ। चोक क्षेत्रमा छ वर्षअघि जडान गरिएका सीसीटीभी क्यामेराले काम गर्न छाडेपछि अहिले गाईघाट बजार क्षेत्रमा आपराधिक घटना बढ्दै गएको पाइएको छ।
जिल्ला प्रहरी कार्यालयको सक्रियतामा त्रियुगा नगरपालिकाको लगानीमा गाईघाट बजार क्षेत्रका मुख्य…