काठमाडौं। नेपालीको विद्युत खपत ४.१ प्रतिशतले बढेको छ। २०७७ सालमा नेपालीको प्रतिव्यक्ति विद्युत खपत २६० किलोवाट प्रतिघण्टा पुगेको हो। गतवर्ष नेपालको राष्ट्रिय ग्रिडमा कुल जडित विद्युत उत्पादन १४ सय ५८ मेगावाट पुगेको छ। यस्तै, गत वर्षसम्म नेपालको कूल जनसंख्याको ९३ प्रतिशतमा विद्युतको पहुँच पुगेको छ।