एआईका कारण हुनसक्छ विद्युत संकट, प्रतिघण्टा १७ हजार घरको बिजुली खपत गर्दै च्याट जिपिटी

विश्वका विभिन्न देशहरुमा विद्युतको संकट छ र गर्मी मौसममा बिजुली अभाव झनै बढ्दछ । औद्योगिकरणमा वृद्धि मात्र होइन मानिसहरुको गार्हस्थ्य विद्युत खपत पनि बढिरहेको छ । प्रतिव्यक्ति विद्युत खपत बढ्नुको एउटा प्रमुख कारणचाहिं सूचना प्रविधिको तीव्रतर विकास नै हो । हामीले चलाउने विद्युतीय उपकरण तथा ग्याजेटका साथै विभिन्न सूचना प्रविधिहरुले ऊर्जा कपत बढाइरहेका छन् । […]