खप्तड घुम्न हेली टुर प्याकेज

१५ माघ, डोटी । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय एवं धार्मिक स्थल खप्तड घुम्नका लागि पाँचदिने ‘हेली टुर’ प्याकेज सुरु भएको छ । खप्तडको प्रवेशद्वार झिंग्रानामा रहेको ‘खप्तड होमस्टे’ले आयोजना गरेको उक्त ‘हेली टुर’ प्याकेजको सुदूरपश्चिम प्रदेश …

सम्बन्धित सामग्री

धार्मिक पर्यटकीयस्थल खप्तडमा ‘हेली टुर’ सञ्चालन

सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक पर्यटकीयस्थल खप्तड घुम्न ‘हेली टुर’ सुरु भएको छ । समिट एयरसँगको सहकार्यमा हेली टुर प्याकेज सञ्चालन गर्न लागिएको हो । समिट एयरले आन्तरिक पर्यटनमा टेवा पु¥याउने उद्देश्यले खप्तडको प्रवेशद्वार झिग्रानाबाट खप्तड जान आउन र दुई दिनको प्याकेजको व्यवस्था रहेको आयोजकले जनाएको छ । डोटीको पूर्वचौकी गाउँपालिकामा पर्ने रहेको ‘खप्तड होमस्टे’ को […]

खप्तड र बडिमालिका हेलिकप्टरबाट घुम्न पाइने

काठमाडाैं : सुदूरपश्चिमका प्रमुख पर्यटकीय स्थलहरू हेलिकप्टरबाट घुम्न पाइने भएकाे छ।फागुन १ गतेदेखि सुदूरपश्चिमका खप्तड, बडिमालिकालगायत क्षेत्र हेलिकप्टरमा घुम्न पाइने भएकाे हाे। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेश समितिले खप्तड, बडिमालिकालगायत क्षेत्र हेलिकप्टरमा घुम्नका लागि 'टुर प्याकेज' सार्वजनिक गरेको छ।नाटा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टले शुक्रबार भृकुटीमण्डपमा आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिए। भट्टका अनुसार सुदूरपश्चिम प्रदेशकै प्रम

खप्तड घुम्न ‘हेली प्याकेज’ को व्यवस्था

डोटी (नेस) । सुदूरपश्चिमको प्रमुख पर्यटकीय स्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीय स्थलहरू खप्तड तथा बडीमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो । जिल्लामा कोरोना जोखिम कायमै रहेको भए पनि खप्तड […]

खप्तड घुम्न ‘हेली प्याकेज’ को व्यवस्था

सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो ।

खप्तड घुम्न हेली प्याकेजको व्यवस्था

डोटी : सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ। खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को आयोजना गरिन लागिएको हो।कोरोना जोखिम कायमै रहेको भए पनि खप्तड तथा बडिमालिका घुम्नका लागि पर्यटक आउन थालेका कारण स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको आयोजकले जनाएको छ। कम्तीमा पनि १० दिनका ला

खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’

खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर सञ्चालन हुने भएको छ । फागुन १ गतेबाट १० गते सम्म हेलिटुर सञ्चालनमा ल्याइने खप्तड होमस्टेका सञ्चालन दीपक बहादुर खड्काले बताए ।

फागुन १ गतेदेखि खप्तड र बडिमालिका घुम्न हेली प्याकेज सुरु हुने

कैलाली । हेलिकोप्टरबाट खप्तड घुम्ने प्याकेज यस वर्ष पनि सुरु हुने भएको छ । स्वर्गको टुक्रा उपमा पाएको खप्तडसम्म सडक मार्र्गबाट जान सम्भव नभएपछि हेलिकोप्टरमार्फत पुग्ने प्याकेज सुरु हुन लागेको हो। आगामी फागुन १ देखि खप्तड र बडीमालिका घुम्न हेली टुरको प्याकेज ल्याइएको हो । हिउँले सेताम्मे भएको खप्तडको सुन्दरता देखाउने गरी खप्तड होमस्टे झिग्राना […]

खप्तड घुमाउन ‘हेली टूर’, खर्च कति ?

भूस्वर्गका रुपमा चिनिएको खप्तड घुम्नका लागि ‘हेली टूर’ गरिने भएको छ। माघ १४ गतेदेखि १८ गतेसम्म विशेष प्याकेज ल्याएर खप्तड हेली टूर गराउन लागिएको हो।

खप्तड घुम्न हेलिकप्टरमा सस्तो प्याकेज

काठमाडौं । सुदूरपश्चिमप्रदेशको प्रमुख पर्यटकीयस्थल खप्तड घुम्नका लागि हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको छ । डोटीको पूर्वीचौकी गाउँपालिकास्थित झिङ्ग्रानामा निर्माण गरिएको खप्तड घरवासले माउन्टेन एयरसँग सहकार्य गर्दै खप्तड घुम्नका लागि प्याकेजको व्यवस्था गरेको हो । सुदूरपश्चिम प्रदेशकै सुन्दर तथा मनोमोहक खप्तड क्षेत्रमा घुम्न आउने पर्यटकको सहजताका लागि उक्त व्यवस्था गरिएको खप्तड घरवासका सञ्चालक दीपकबहादुर खड्काले जानकारी दिनुभयो । यहाँका पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डोटीको सङ्गमस्थलका रूपमा समेत रहेको खप्तड क्षेत्र प्राकृतिक सौन्दर्यको खानीका रूपमा चिनिँदै आएको र उक्त क्षेत्रमा पर्यटक ल्याई सहजरूपमा भित्र्याउन हेलिकोप्टर प्याकेजको व्यवस्था गरिएको सञ्चालक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोरोनाका कारण हामीले पर्यटक भित्र्याउन सकेनौँ, अहिले केही सहज भएकाले हामीले बढीभन्दा बढी पर्यटक भित्र्याउनका लागि हेलिकोप्टरको प्याकेज गरेका छौँ, उक्त प्याकेजले पर्यटकलाई निकै सहज हुनेछ ।’ घरवासका सञ्चालक खड्काका अनुसार कैलालीको धनगढीबाट रु ३० हजार, डोटीको दिपायलबाट रु १० हजार र झिङ्ग्रानाबाट रु आठ हजारमा खप्तड घुम्न पाइने भएको छ । कूल २२ वटा पाटन र ५३ थुम्का रहेको खप्तडमा उक्त प्याकेजले सहजै अवलोकन गर्न सकिने आयोजकले जनाएका छन् । सुदूरपश्चिममा खप्तड क्षेत्रलाई भूस्वर्गका रूपमा चिनिँदै आएको छ । खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ पनि खप्तड भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत उपयुक्त गन्तव्यका रूपमा चिरपरिचित रहेको स्थानीयवासी धर्मबहादुर साउदले जानकारी दिनुभयो । समुद्र सतहबाट तीन हजार मिटर उचाइमा रहेको खप्तड क्षेत्रको क्षेत्रफल २२५ वर्गकिलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्जको कार्यालयले जनाएको छ । खप्तडमा पुस महिनाको मध्यदेखि हिउँ पर्ने भएकाले प्रायः सेताम्मे देखिने गर्दछ । जेठदेखि असार महिनासम्म विशाल फाँटमा रङ्गीचङ्गी फूलले यहाँको शोभा झनै बढाउने स्थानीवासी बताउँछन् । रासस

हिउँ खेल्न खप्तड जाने कि?

सुदूरपश्चिम प्रदेशकै श्रीपेच मानिएको खप्तडमा पुस दोस्रो सातादेखि हिउँ पर्न थालेको छ। त्यसैले आन्तरिक पर्यटकलाई हिउँमय खप्तडमा डुलाउन डोटीका युवा पर्यटन अभिन्यता दिपकबहादुर खड्काले ‘हेली टुर प्याकेज’ ल्याएका छन्।