पूर्वमहान्यायाधिवक्ता अग्नि खरेलले अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न भनि राष्ट्रपतिलाई परमादेश जारी गर्न नमिल्ने जिकिर गरेका छन् । संवैधानिक इजलासमा देउवालगायतको रिट निवेदनमा प्रधानमन्त्रीको तर्फबाट बहस गर्दैै खरेलले राष्ट्रपति आफैले प्रधानमन्त्री बनाउने नभइ निर्णयमात्रै गर्ने भएको जिकिर गरे । ‘राष्ट्रपति आफैंले प्रधानमन्त्री बनाउने होइन...,’ उनले इजलासमा भने, ‘ निर्णय राष्ट्रपतिले गर्ने हो, राष्ट्रपतिमाथि परमादेश जारी हुनै सक्दैन ।&rsqu