बिमा अभिकर्तालाई ऋण दिन रोक लगाइयो

बिमा समितिले बिमा अभिकर्ताहरुलाई ऋण दिन रोक लगाएको छ । जीवन बिमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै समितिले अभिकर्ताहरुलाई हालसम्म गरिएको कर्जासमेत आगामी असार मसान्तसम्म फरफारक गर्न निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई गरेको आन्तरिक परिपत्रमा बिमालेख धितोमा राखेर प्रवाह हुने कर्जा र कम्पनीमा कार्यरत कर्मचारीहरुलाई प्रवाह हुने कर्जाबाहेक अरु कसैलाई पनि कर्जा तथा सापटी नदिन निर्देशन दिइएको छ । बिमा कम्पनीहरुले अभिकर्ताहरुलाई आकर्षित गर्नका लागि घर, कार, मोटरसाइकल, ल्यापटप, कम्प्युटर र मोबाइल खरिद शिर्षकमा करोडौं रकम कर्...

सम्बन्धित सामग्री

प्रतिनिधिसभा बैठक बस्दै(कार्यसूचीसहित)

काठमाडौँ । संघीय संसद प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आजको बैठकमा राष्ट्रिय सभाबाट प्राप्त पशु स्वास्थ्य तथा पशु सेवा परिषद् विधेयक, २०७९, बिमा विधेयक, २०७९ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७९ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार […]

बीमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयक समितिमा पठाइयो

काठमाडौं। राष्ट्रिय सभाले बिमा विधेयक र सार्वजनिक ऋण व्यवस्थापन विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाएको छ । बुधबार बसेको राष्ट्रिय सभा बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक २०७५ र सार्वजनिक ऋण व्यवस्थापन विधेयक २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको हो । बैठकमा पेस भएको उक्त दुईवटा विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइयोस् […]

राष्ट्रियसभाको बैठक: बिमा विधेयकबारे छलफल हुने

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बिमा विधेयक, २०७५, सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।...

‘बिमा ऐन २०७५’ संशोधनको गृहकार्य

प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६ माथि छलफल भएको छ ।अर्थ समितिको बैठकमा बिमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५ माथि पनि छलफल भएको हो । बैठकमा अर्थमन्त्री जनार्दन शर्माले विधेयकमाथि भएको छलफलको प्रतिवेदन समितिमा प्रस्तुत गरेका थिए । उनले विधेयकको विधि निर्माणपछि सच्याउनुपर्ने शब्दावलीहरुको बारेमा समितिलाई जानकारी […]

बिमा कम्पनीले अभिकर्तालाई ऋण दिन नपाउने, ८ अर्बको लगानी उठाउन निर्देशन

५ वैशाख, काठमाडौं । जीवन बिमा कम्पनीहरुले अब अभिकर्ताहरुलाई ऋण दिन नपाउने भएका छन् । बिमा अभिकर्ताहरुलाई बिमा गराएको आधारमा ऋण लगानी गर्दै आएका कम्पनीहरुलाई तत्कालै रोक्न बिमा समितिले निर्देशन दिएको छ । मुलुकमा सञ्चालित १९ जीवन बिमा कम्पनीहरुलाई एकै पटक पत्राचार नै गरेर बिमा अभिकर्ताहरुलाई ऋण लगानी नगर्न निर्देशन दिइएको बिमा समितिले जनाएको छ […]

१७ हजार परिवारले गरे स्वास्थ्य बिमा

नेपाल समाचारपत्र, बैतडी । बैतडीमा हालसम्म १७ हजार बढी परिवारले स्वास्थ्य बिमा गरेका छन् । स्वास्थ्य बीमा गरेपछि आवश्यक परेका बेला स्वास्थ्य सेवा उपभोग गर्न पाउने, उपचारका लागि ऋण खोज्न नपर्ने, गुणस्तरीय सेवा पाइने भएकाले जिल्लामा पछिल्लो समय आकर्षण बढ्दै गएको हो । स्वास्थ्य बिमा कार्यक्रम शुरु भएयता गएको ४ वर्षमा १७ हजार २ सय […]

बिमालेख धितो राखेर बैंकबाट ऋण लिन नपाइने

बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाइने भएको छ । यसका लागि आवश्यक सहयोग र समन्वय गरिदिन बिमा क्षेत्रको नियामक निकाय बिमा समितिले राष्ट्र बैंकलाई आग्रह गरेको छ ।पछिल्ला दिनमा व्यक्तिगत बिमालेख धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रवृत्ति बढेको छ, जुन कानुनविपरित हो । यही प्रवृत्ति रोक्न राष्ट्र बैंकलाई आग्रह गरिएको बिमा समितिका निर्देशक राजुरमण पौडेलले जानकारी दिए ।बिमालेख धितो राखेर कर्जा दिने प्रवृत्ति रोक्न आवश्यक सहयोग तथा समन्वय गर्न गत मंगलबार राष्ट्र बै

नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राष्ट्रिय बिमा कम्पनीमा

नेपाल बैंकले राष्ट्रिय बिमा कम्पनी परिसरमा आफ्नो एक्टेन्सन काउण्टर सञ्चालन गर्ने भएको छ । कम्पनीका ग्राहकबाट प्राप्त हुने प्रिमियम रकम संकलन गर्ने उद्देश्यले बैंकले एक्सटेन्सन काउण्टर सञ्चालन गर्ने भएको हो । त्यसैगरी कम्पनीमा कार्यरत कर्मचारीलाई बैंकले बिना धितो सहुलियतमा ऋण उपलब्ध गराउने बारेमा पनि सम्झौता भएको हो ।उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमख कार्यकारी अधिकृत कृष्णबहादुर […]

पोलिसी धितो राखेर ऋण नदिन बिमा समितिको अनुरोध

६ फागुन, काठमाडौं । बिमा पोलिसी धितो राखेर ऋण लगानी गर्न बैंकहरुलाई रोक लगाउने तयारी गरिएको छ । पछिल्लाे समय पोलिसी धितो राखेर कर्जा लिने क्रम बढ्दा जोखिम समेत बढेपछि यस्तो तयारी गरिएको हो । बिमा …

ऋण सुरक्षाका लागि बिमा

नेपालगन्जस्थित वेस्टर्न बचत तथा ऋण सहकारी संस्थाले ऋणको सुरक्षाका लागि ऋणको विमा गर्ने व्यवस्था मिलाइएको जानकारी दिएको छ । यसरी ऋणको सुरक्षाका लागि ऋणको बिमा गर्ने सो संस्था बाँकेमै पहिलो संस्था बनेको छ ।