लुम्बिनी प्रदेशको विवादका कारण जनता समाजवादी पार्टी नेपाल (जसपा) विभाजनको संघारमा पुगेको छ । प्रदेशका चार सांसदलाई उपेन्द्र यादव पक्षले कारवाही गरेको र महन्थ ठाकुरले सभामुखलाई बेग्लै पत्र लेखेर जोगाउन खोजेपछि जसपामा विभाजनको सम्भावना बढेको हो ।प्रदेश मन्त्रीको सपथ खाएका चारजना जसपा सांसदलाई जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले कारवाही गरेको छ । यादव पक्षले कारवाहीको पत्र पठाएपछि त्यहाँको प्रदेशसभाले उनीहरुको प्रदेशसभा सदस्य पद नरहेको सूचना टाँस गरिसकेको छ ।तर, अर्का अध्यक्ष महन्थ ठाकुरले त्