लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव पक्षका सांसदलाई संसदीय दलको ह्वीपविपरीत गएको भन्दै स्पष्टीकरण सोधिएको छ ।
महन्थ ठाकुर पक्षले प्रदेश सरकारको नीति कार्यक्रममा पार्टीका संसदीय दलका नेता सन्तोषकुमार पाण्डेयको ह्वीपविपरीत विपक्षमा लागेको भन्दै पार्टीले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
विभाजनको संघारमा रहेको जसपामा स्पष्टीकरणको दोहोरी चलेको छ ।
प्रदेश सभामा यादव पक्षमा दुई सांसद सहस्रराम यादव र पुर्मती ढेंगा छन् ।
प्रदेश सभामा महन्त ठाकुर पक्षका ४ सांसद लुम्बिनी प्रदेश सरकारमा सह...