ऋण तिरेपछि धितोमा राखेको सुन माग्दा बैंकले भन्यो, ‘नक्कली रहेछ, दिन मिल्दैन’

महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् ।‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ रातोपाटीसँग कुरा गर्दै विष्णु महर्जनले भनिन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर, अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’ धितोमा राखेक

सम्बन्धित सामग्री

घरजग्गा धितोमा अब ५० प्रतिशत कर्जा

१८ असोज, काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा धितोमा मूल्यको ५० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेको छ । बिहीबार एकीकृत निर्देशिका २०७९ मा संशोधन गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि काठमाडौंमा घरजग्गाको बजार मूल्यको ३० प्रतिशत र बाहिर ४० प्रतिशत मात्रै कर्जा लिन पाउने व्यवस्था थियो । राष्ट्र बैंकले अब उपत्यकाभित्र […]

जग्गा धितोमा ऋण नपाउँदा विदेश जाने विद्यार्थीलाई ठूलो मर्का

१ असार, काठमाडौं । गोरखाको गोरखा नगरपालिकाका सागर दशनामी अष्ट्रेलिया जाने तयारीमा छन् । तर, जमिन धितोमा राखेर बैंकबाट ऋण लिन सबै प्रक्रिया पूरा गरेपछि बैंकले भन्यो, ‘सरकारले जग्गा रोक्का राख्न छाडेकाले ऋण दिन नमिल्ने भयो । सेयर र सुन छ भने राखेर लैजानुस् ।’ कन्सल्टेन्सीले छिटो बैंक ब्यालेन्स व्यवस्थापन गर्न र पैसा जुटाउन भनिरहेकाले […]

जग्गा धितो राखेर बैंकबाट लिने ऋण बन्द

जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण बन्द भएको छ । सोमबारदेखि जग्गा धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट लिने ऋण लिने व्यवस्था बन्द भएको हो । कृषि र गैर कृषि क्षेत्रका रुपमा जग्गा वर्गीकरण नगरिएको जग्गा मालपोत कार्यालयले रोक्का गर्न नमानेपछि जग्गा धितोमा ऋण लिन नपाउने व्यवस्था बन्द भएको हो ।मन्त्रिपरिषद्को निर्णयअनुसार राष्ट्रिय भूमि आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई पत्राचार गर्दै भूमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले चार किल्ला खुलाई कृषि क्षेत्

अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने

काठमाडौं, ३१ जेठ । अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने भएको छ । तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको हो । मन्त्रालयले राष्ट्रिय भुमि आयोग, भुमि व्यवस्थापन तथा अभिलेख विभाग र नापी विभागलाई […]

युवालाई धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने

काठमाडौं । सरकारले युवा स्टार्टअप कार्यक्रम अन्र्तगत युवालाई उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आ.व. २०७९/८० को बजेट प्रस्तु गर्दै युवाहरुलाई उत्पादमूलक उद्यम, तालिम तथा शैक्षिक प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्र्तगत उद्यम प्रस्तावको धितोमा सहुलियतपूर्ण ऋण उपलब्ध गराउने बताउनुभएको हो । त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार […]

परियोजना धितोमा ऋण उपलब्ध गराइने

१५ जेठ, काठमाडौं । अब गभेन्चर क्यापिटलबाट पूँजी व्यवस्थापन गर्ने गरी परियोजना धितोमा ऋण पाइने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

वाणिज्य बैंकबाट सेयर धितोमा गएको ८१ अर्ब ऋणमध्ये सात सय २० जनालाई मात्रै ३५ अर्ब

वाणिज्य बैंकले सेयर धितोमा दिएको ऋणमध्ये ४३ प्रतिशत ठूला ऋणीलाई ऋणीले एक बैंकबाट चार करोड र समग्र प्रणालीबाट १२ करोडको सीमाभन्दा बढी ऋण घटाउँदै आगामी असार मसान्तसम्म सीमाभित्र ल्याउनुपर्ने सेयर धितोमा थप...

सेयर धितोमा एक व्यक्तिले १२ करोडभन्दा बढी ऋण नपाउने

काठमाडौँ । सेयर धितोमा मौद्रिक नीतिले कडाइ गरेको छ। एउटा बैंक तथा वित्तीय संस्थाले एक व्यक्तिलाई सेयर धितोमा बढीमा ४ करोड मात्रै कर्जा दिन पाउने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर धितो राखेर एक व्यक्तिले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट बढीमा १२ करोड रुपैयाँ मात्रै […]

प्रमाणपत्र धितोमा सहूलियत कर्जा : कार्यान्वयन फितलो

सरकारले शिक्षित तथा बेरोजगार युवाहरुलाई शैक्षिक प्रमाणपत्र धितोमा ऋण दिने कार्यक्रमलाई जोड दिएपनि कार्यान्वयन भने फितलो पाइएको छ ।दुई वर्षअघि नै तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले सुरू गरेको प्रमाणपत्र धितो कर्जा कार्यक्रमको प्रभावकारीता न्यून देखिएपनि अर्थमन्त्री विष्णु पौडेलले पुनः यसैलाई जोड दिएका छन् ।अर्थमन्त्री पौडेलले शनिबार आर्थिक वर्ष २०७८/०७९ को बजेट प्रस्तुत गर्दै स्नातक वा […]

शैक्षिक प्रमाणपत्र धितो राखेर पाँच प्रतिशत व्याजदरमा २५ लाख सम्म ऋण

काठमाडौं : सरकारले शैक्षिक प्रमाणपत्रलाई धितो राखेर २५ लाखसम्म ऋण दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले स्नातक तह वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याजदरमा शहुलियत पूर्ण ऋण दिइने छ। जसमा व्यक्तिले २५ लाख सम्म ऋण पाउने छन्।