शैक्षिक प्रमाणपत्र धितो राखेर पाँच प्रतिशत व्याजदरमा २५ लाख सम्म ऋण

काठमाडौं : सरकारले शैक्षिक प्रमाणपत्रलाई धितो राखेर २५ लाखसम्म ऋण दिने व्यवस्था गरेको छ। आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले स्नातक तह वा सो भन्दा माथिको शैक्षिक प्रमाणपत्र धितोमा राखेर पाँच प्रतिशत ब्याजदरमा शहुलियत पूर्ण ऋण दिइने छ। जसमा व्यक्तिले २५ लाख सम्म ऋण पाउने छन्।

सम्बन्धित सामग्री

तीन वर्षमा डेढ सयलाई शैक्षिक प्रमाणपत्र धितो कर्जा

काठमाडौं, मंसिर ११। शिक्षित युवालाई उद्यमी बनाई आर्थिक उन्नति गर्ने उद्देश्यले अघि बढाइएको शैक्षिक प्रमाणपत्र धितो राखेर कर्जा दिइने कार्यक्रम निष्प्रभावी जस्तै देखिएको छ। रोजगारीको अभावमा ठूलो संख्याका युवा वैदेशिक रोजगारीमा जान बाध्य भइरहेको बेला तीन वर्षअघि सुरु गरिएको उक्त कार्यक्रम प्रभावकारी हुन नसके पनि त्यसलाई उपयोगी बनाउन अहिलेसम्म सरोकारवालाले पहल गरेको पाइँदैन। उक्त कार्यक्रम […]

परियोजनाको न्यून मूल्यांकनले शैक्षिक प्रमाणपत्र कर्जा असफल

बैंक तथा वित्तीय संस्थाले प्राथमिकता नदिँदा शैक्षिक प्रमाणपत्र धितोमा कर्जा प्रवाह कार्यक्रम सफल हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघले बताएको छ ।प्रमाणपत्र धितो कर्जाका लागि आवेदकबाट प्रस्तुत गरिएका परियोजनामा बैंकको कर्जा मूल्यांकन इकाईले गम्भीरतापूर्वक अध्ययन नगरेको महासंघको निष्कर्ष छ । परियोजनाको न्यून मूल्यांकन र कर्जा प्रक्रियामा व्यवस्थापनको हस्तक्षेप पनि चुनौतीको रूपमा रहेको महासंघको एक अध्ययनले […]

शैक्षिक प्रमाणपत्र धितो राखेर दिइने ऋण सहज रूपमा उपलब्ध गराउने सरकारको नीति

काठमाडौं : सरकारले शैक्षिक बेरोजगारलाई प्रमाणपत्र धितो राखी दिइने ऋण सहज रूपमा उपलब्ध गराउने भएको छ। आज संयुक्त गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले प्रमाणपत्र धितो राखी दिइने ऋण सहज रूपमा उपलब्ध गराउने बताएको हो। सरकारले कोभिड-१९ को विश्वव्यापी प्रकोपका कारण देशमा उत्पन्न बेरोजगारको समस्यालाई हल गर्ने बताएको…

प्रमाणपत्र धितो राखेर २५ लाख ऋण दिने कार्यक्रम छिटो कार्यान्वयनमा जोड

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष नेकपा (एमाले) निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले शैक्षिक प्रमाणपत्र धितो राखेर रु २५ लाख ऋण उपलब्ध गराउने नीतिलाई अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ ।मन्त्री पौडेलसमक्ष अनेरास्ववियुका अध्यक्ष ऐन महरले उक्त कार्यक्रमका लागि कार्यविधि बनाएर कार्यान्वयन गर्न, विद्यार्थीलाई ल्यापटप किन्न रु ८० हजार दिन र निःशुल्क सिमकार्ड प्रबन्ध गर्नुपर्नेलगायत सात बुँदा समेटिएको ज्ञापनपत्र मङ्गलबार हस्तान्तरण गरेका हुन् । मन्

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण

सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण दिइने भएको छ । आर्थिक वर्ष २०७८–०७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु  पौडेलले ब्याजदर अधिकतम ५ प्रतिशत  हुने बताए ।  ऋण स्नातक तहभन्दा माथि अध्ययन गर्नेका लागि मात्र उपलब्ध गराइने पौडेलको भनाइ छ ।

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म ऋण

काठमाण्डाै – सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध गराउने भएको छ । आउँदाे आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थ मन्त्री विष्णु पौडेलले स्नातक, स्नातकोत्तर वा त्याे भन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई आफूले प्राप्त गरेको शैक्षिक प्रमाणपत्र धितो राखी बढीमा पाँच प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने जानकारी गराउनुभएको हो ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरह...

सहकारीद्वारा शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण

घोराही । सरकारले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने नीति ल्याएसँगै दाङको एउटा सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितोमा राखेर ऋण दिने भएको छ ।      घोराही उपमहानगरपालिका–१५ स्थित सिसा सगुन बचत तथा ऋण ...

शैक्षिक प्रमाणपत्र धितो राखेर सहकारीबाट ऋण

दाङको एक सहकारी संस्थाले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको छ । घोराहीस्थित सिसा सगुन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिन सुरु गरेको हो । यसरी लिएको ऋण जुन प्रयोजनका लागि लिएको हो सोही प्रयोजनमा लगाउनुपर्ने सहकारी संस्थाले जनाएको छ ।