बिहीबार साँझ ललितपुरको धापाखेलमा उत्खननपछि शव भेटिएका मोहनप्रसाद लिम्बु र हत्या आरोपी अनिल कुमार मण्डलबीच २ अर्ब ५० करोड रुपैयाँको करार सम्झौता भएको पाइएको छ । प्रहरी स्रोतका अनुसार मण्डल र मृतक लिम्बुबीच हाइड्रो तथा सिमेन्ट उद्योगमा लगानी गर्ने भन्दै २ अर्ब ५० करोडको करारनामा बनाएको पाइएको छ । यद्यपि उक्त करारनामामा औँठाछाप भने लगाइएको छैन । हत्या आरोपी अनिलकुमार मण्डल आफै प्रथम पक्ष रहेर बनाइएको करारनामामा सिमेन्ट उद्योग र हाइड्रो कम्पनीमा लगानी गर्नका लागि मण्डलले रकम दिने कुर