खानी उत्खननमा भ्रष्टाचार प्रकरण कर्मचारी र उद्योगीले पाए सफाइ

काठमाडौं । एक अर्ब २६ करोड १९ लाख रूपैयाँ बिगो दाबीसहित विशेष अदालतमा दायर भएको भ्रष्टाचार मुद्दामा कर्मचारी र सिमेन्ट उद्योगीले विशेष अदालतबाट शुक्रवार सफाइ पाएका छन् । गत वर्ष माघमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानी तथा भूगर्भ विभागका तत्कालीन महानिर्देशक रामप्रसाद घिमिरेसहित ९ कर्मचारी र ९ ओटा सिमेन्ट तथा चुनढुंगा उद्योगविरूद्ध मुद्दा दायर गरेको थियो । न्यायाधीशहरू खुशीप्रसाद थारू, रमेशकुमार पोखरेल र बलभद्र बास्तोलाको संयुक्त इजलासले शुक्रवार उनीहरूलाई सफाइ दिएको हो । खानी दोहन गरी अर्बाैं रूपैयाँ राजस्व गुमेको पुष्टि हुँदा पनि उद्योगहरूलाई उन्मुक्ति दिएको र यसबाट उक्त रकम भ्रष्टाचार गरेको दाबी गर्दै आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । खानी उत्खनन अनुमतिपत्रमा अनुमति दिएको परिणामभन्दा बढी चुनढुंगा उत्खनन गरेको भन्दै आयोगले ९ उद्योग र तिनका सञ्चालकविरुद्ध पनि मुद्दा दायर गरेको थियो । ती उद्योगहरूमा सर्वोत्तम सिमेन्ट, सिद्धार्थ मिनरल्स प्रालि, मारूती सिमेन्टस्, अन्नपूर्ण क्वेरिज प्रालि, उदयपुर मिनरल्स टेक प्रालि, युनाइटेड सिमेन्ट, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेड, कञ्चन क्वेरिज प्रालि र डोलोमाइट चुनढुंगा उद्योग प्रालि थिए । सर्वाेत्तमका सञ्चालक विष्णुप्रसाद न्यौपानेविरूद्ध १६ करोड ३१ लाख रूपैयाँको बिगो दाबी गरिएको थियो । सिद्धार्थका पशुपति मुरारकाविरूद्ध ४९ करोड ४५ लाख रूपैयाँ, मारूतीका शरद गोयलविरूद्ध २० करोड ५० लाख रूपैयाँ बिगो दाबी गरी मुद्दा दायर गरिएको थियो । यसैगरी आयोगले अन्नपूर्ण क्वेरिजका सञ्चालक ऋषि अग्रवालसँग ११ करोड १७ लाख, उदयपुर मिनरल्सका सञ्चालक प्रवलजंग पाण्डेविरूद्ध १ करोड ७९ लाख रूपैयाँ, युनाइटेडका सञ्चालक नरेश दुगडविरूद्ध ९ करोड ६९ लाख रूपैयाँ, सोनापुरका सञ्चालक दिपेश तायलविरुद्ध ६ करोड ९८ लाख रूपैयाँ, कञ्चन क्वेरिजका सञ्चालक भिमबहादुर थापा क्षेत्रीविरुद्ध ३ करोड ८ लाख रूपैयाँ र डोलोमाइट चुनढुंगाका सञ्चालक मानबहादुर श्रेष्ठविरूद्ध ५ करोड ४३ लाख रूपैयाँ बिगो माग गरिएको थियो । यस्तै आयोगले महानिर्देशक घिमिरेसहित सुपरिटेन्डेन्ट माइनिङ इन्जिनियर जयराम घिमिरेविरूद्ध मुद्दा दायर गरेको थियो । कर्मचारीहरूमा उपसचिव (कानून) सपना अधिकारी, उपन्यायाधिवक्ता चन्द्रकुमार पोखरेल, सिनियर डिभिजनल माइनिङ इन्जिनियर प्रशान्त बोहोरा, सिनियर डिभिजनल जियोलोजिस्ट धर्मराज खड्का, लेखा अधिकृत श्रीभद्र गौतम, रिसर्च अधिकृत बसन्त अधिकारी र जियोलजिस्ट डा. सौनक भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

सम्बन्धित सामग्री

भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर

भ्रष्टाचार मुद्दामा महालेखाका कर्मचारी पहिलोपल्ट दोषी ठहर भएका छन् । विशेष अदालतले भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका नायब सुब्बा मदनप्रसाद गुप्ता, तत्कालीन प्रमुख राजराजेश्वर त्रिवेदी र लेखापाल युगलकिशोर ठाकुरलाई जनही ६...

मालपोत अधिकृतसहित ६ कर्मचारी तथा बिचौलिया भ्रष्टाचारमा दोषी ठहर

विशेष अदालतले सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउने ६ कर्मचारी तथा बिचौलियालाई भ्रष्टाचार मुद्दामा सजाय सुनाएको छ । उक्त जग्गा लुम्बिनी ग्यास प्रालिका नाममा खरिद भएकोमा उक्त कम्पनीका प्रतिनिधि सुरेन्द्रराज पौड्यालले...

बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीलाई भ्रष्टाचार मुद्दा

बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीविरुद्ध भ्रष्टाचारको मुद्दा परेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ नगरपालिकाका पूर्व उपप्रमुखसहित जनप्रतिनिध र कर्मचारी गरी पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो।...

भ्रष्टाचार : कानुनी, नैतिक र व्यावहारिक पक्ष

कुनै कर्मचारी १ हजार रुपैयाँ भ्रष्टाचार गरेर बर्खास्ती हुन्छन् । कुनै कर्मचारी करोडौं रुपैयाँ भ्रष्टाचार गरेर पनि केही हुँदैन । कुनै कर्मचारी छानबिन सुरु गरेपछि आत्महत्या गर्छन् । यस्तो किन हुन्छ ? यस लेखमा भ्रष्टाचारको नैतिक, सैद्धान्तिक, कानुनी र व्यावहारिक पक्षबीचको विरोधाभासबारे विवेचना गर्ने प्रयास गरिएको छ ।नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि संस्थागत व्यवस्थाका रूपमा संवैधानिक […]

भ्रष्टाचार गर्ने २१ जनाविरुद्ध मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सवारी चालक अनुमतिपत्रमा चलखेल गरेको भन्दै कर्मचारी, बिचौलिया गरी १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।...

तत्कालीन कार्यालय प्रमुखसहित १२ कर्मचारी र ५ बिचाैलियाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाण्डाै – यातायात व्यवस्था कार्यालय ललितपुरका तत्कालीन प्रमुखहरू सम्बरबहादुर कार्की र राजुभाई कुस्मासहित १७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन दुई जना प्रमुखसहित १२ जना कर्मचारी र पाँच जना बिचौलियाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । तत्कालीन कार्यालय प्रमुखहरू कार्की र कुस्माले कर्मचारी र बिचौलियासँग मिलेर भ्रष्टचार गरेको खुलेको अख्तियारले जनाएको छ । उनीहरूले आर्थिक वर्ष २०७७/७८ र...

भ्रष्टाचार नियन्त्रणमा निजामती कर्मचारी सङ्गठनको प्रतिबद्धता

काठमाडौं । नेपाल निजामती कर्मचारी सङ्गठनको ११ औँ महाधिवेशनले भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने घोषणा गरेको छ । सङ्गठनले महाधिवेशनको निर्णय सार्वजनिक गर्दै नागरिक सेवालाई प्रभावकारी बनाउँदै भ्रष्टाचार नियन्त्रणमा प्रतिबद्धता जनाउने घोषणा गरेको हो । यसैगरी सङ्गठनले निजामती कर्मचारीको स्वरुप श्रेणीगत वा तहगत भन्नेबारे प्रस्ट पार्न सरकारसँग माग गरेको छ । बाँकी नौ जिल्लामा राष्ट्रसेवक सहकारी […]

न्यायाधीशविरुद्धको  भ्रष्टाचार मुद्दा सर्वाेच्चद्वारा खारेज

कर्मचारी हुँदा भ्रष्टाचार गरेको भए पनि न्यायाधीश नियुक्त भएमा अख्तियारले मुद्दा चलाउन नसक्ने सर्वाेच्चको फैसला कर्मचारी हुँदा भ्रष्टाचारमा संलग्न भएको व्यक्ति न्यायाधीश नियुक्ति भएमा उसविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा...

नेपाल बैंकका कर्मचारी साहसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेड मलंगवा शाखा सर्लाहीको सहायक सन्तोषविक्रम साहसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बैंकको ऋण फाँटमा सहायक पदमा कार्यरत साहविरुद्ध ४२ लाख रुपैयाँ सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको भन्दै सोहीबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो । सर्लाहीको लालबन्दी नगरपालिका भवनको […] The post नेपाल बैंकका कर्मचारी साहसहित तीनविरुद्ध भ्रष्टाचार मुद्दा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.