काठमाडाैं । शताब्दी पुरुष सत्य मोहन जोशी अस्वस्थ्य भएपछि अस्पताल भर्ना गरिएको छ । डेंगु संक्रमण भएपछि जोशी ललितपुरस्थित किष्ट शिक्षण अस्पताल भर्ना हुनुभएको हो । संक्रमणसँगै उहाँलाई कमजोरी, खानामा अरुचि र अस्वस्थ महसुस भएको अस्पतालले जनाएको छ । मुटुको समस्या पनि देखिएकोले उहाँलाई हाल सुक्ष्म निगरानीमा राखिएको अस्पतालले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ […]