मानिसमा रक्तअल्पत्ताको समस्या आजकल धेरैमा छ । खानपानको कमी र सन्तुलित आहार नलिँदा आजकाल धेरै मानिसहरु शरीरमा रगतको कमीबाट ग्रसित छन् । यद्यपि, केही मानिसहरूलाई केही विशेष अवस्थामा पनि रगतको आवश्यकता हुन सक्छ । अस्पतालमा धेरै अवस्थामा बिरामीलाई रगत चाहिएको हुन्छ । गर्भावस्था, दुर्घटना र अन्य धेरै अवस्थामा, डाक्टरहरूले अक्सर बिरामीलाई रगत दिनुपर्ने हुनसक्छ । तर अस्पतालमा पर्याप्त रगत नहुँदा परिवारका सदस्य वा ब्लड बैंकबाट रगत लिनुपर्ने अवस्था प्रायः देखिएको छ ।रक्तदान, जीवनदान भन्ने कुरा हामीले धेर