ज्यान सम्बन्धी कसुरमा जन्मकैदको सजाय ठहर भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । भोजपुरको खार्ताम्छा–१ घर भएकी ४३ वर्षीय गीता गुरुङलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले रातोपाटीलाई बताए ।२०७७ माघ १२ मा चितवन जिल्ला अदाललते गुरुङलाई जन्मकैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनी फरार थिइन् । सोमबार महाराजगञ्जबाट पक्राउ गरेर उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको एसपी कोइरालाले जानकारी दिए । चितवनकी मानकुमारी थापाको पतिलाई जग्गा सम्बन्धी विवादमा