काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले न्यायालयभित्रको विवाद लोकतन्त्रको निन्ति शोभनीय नभएको बताएका छन् । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले न्यायालयभित्रको विवादले गम्भीर अनिष्टको संकेत गरेको समेत बताए ।
उनले न्यायालयभित्रको विवाद न्यायालयभित्रैबाट हल हुनुपर्ने भन्दै त्यसो हुन नसके व्यवस्थापिकाले समस्या हल गर्ने...