चौथो त्रैमाससम्म निफ्राले कमायो १ अर्ब ४५ करोडभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले १ अर्ब ४५ करोड ९२ लाख रुपैयाँभन्दा बढी खुद नाफा गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीले ४२ दशमलव ७१ प्रतिशत बढी खुद नाफा गरेको हो । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म १ अर्ब २ करोड २५ लाखभन्दा बढी खुद नाफा गरेको थियो । गत वर्ष कम्पनीको सञ्चालन नाफा ४२ दशमलव ६८ प्रतिशत बढी २ अर्ब ८ करोड ८२ लाख रुपैयाँ भएको छ । चौथो त्रैमाससम्म कम्पनीको वितरणयोग्य नाफा भने १ अर्ब ५ करोड ४९ लाखभन्दा बढी छ । हाल कम्पनीको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । कम्पनीको जगेडा कोष रकम भने अघिल्लो वर्षको तुलनामा गत वर्ष करीब ३२ प्रतिशत बढी २ अर्ब २८ करोड ३२ लाख रुपैयाँभन्दा बढी कायम भएको छ । गत चौथो त्रैमाससम्म अघिल्लो वर्षको तुलनामा १०३ दशमलव ५७ प्रतिशत बढी निक्षेप संकलन गरेको कम्पनीले २९ दशमलव ६१ प्रतिशत बढी कर्जा प्रवाह गरेको छ । गत वर्ष कम्पनीले ८९ करोड १६ लाख रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको कम्पनीले २० अर्ब १४ करोड १ लाख रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको छ । प्रतिशेयर नेटवर्थ ११० रुपैयाँ ५७ पैसा रहेको कम्पनीको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७६ पैसा छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

सम्बन्धित सामग्री

एक वर्षमा युनिलिभर नेपालले कमायो १ अर्ब ८३ करोड नाफा, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको तुलनामा गत आवमा १६ दशमलव ६८ प्रतिशत वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीले रू. १ अर्ब ५४ करोड नाफा कमाएकोमा गत आवमा बढेर रू. १ अर्ब ८३ करोड पुगेको हो । गत आवमा कम्पनीको आम्दानीमा वृद्धि भएकाले नाफा बढेको हो । अघिल्लो आवमा कम्पनीले कुल रू. ७ अर्ब ४५ करोड आम्दानी गरेकोमा गत आवमा बढेर रू. ८ अर्ब ६७ करोड पुगेको हो ।  कम्पनीको चुक्ता पूँजी रू. ९ करोड २१ लाख छ । कम्पनीले जगेडामा रू. ४ अर्ब २६ करोड भन्दा बढी सञ्चिति गरेको छ । नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि वृद्धि भएको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १ हजार ६७५ रहेकोमा गत आवमा बढेर रू. १ हजार ९८८ पुगेको हो । त्यस्तै कम्पनीको मूल्य आम्दानी अनुपात १६ दशमलव ६६ गुणा र प्रतिशेयर नेटवर्थ रू. ४ हजार ७३४ छ ।   रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

माउन्टेन इनर्जीको विद्युत विक्री आम्दानी १ अर्ब २१ करोडभन्दा बढी, नाफा कति ?

काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको चौथो त्रैमाससम्ममा विद्युत विक्रीबापत रू. १ अर्ब २१ करोडभन्दा बढी आम्दानी गरेको छ ।  यो आम्दानी अघिल्लो आवको चौथो त्रैमासको तुनलामा १ दशमलव ३४ प्रतिशत कमी आएको हो । सो अवधिमा कम्पनीले विद्युत विक्रीबापत रू. १ अर्ब २३ करोड आम्दानी गरेको थियो । त्यस्तै कम्पनीको नाफा अघिल्लो आवको तुलनामा गत आवमा ३३ दशमलव ५५ प्रतिशत घटेको छ ।  अघिल्लो आवमा कम्पनीले रू. ६१ करोड ९ लाख नाफा कमाएकोमा गत आवमा रू. ४० करोड ५९ लाखमा झरेको हो । गत आवमा कम्पनीको वित्तीय खर्च बढेकाले नाफा प्रभावित भएको हो । अघिल्लो आवमा कम्पनीको वित्तीय खर्च रू. २४ करोड ७७ लाख रहेकोमा गत आवमा बढेर रू. २९ करोड ६३ लाख पुगेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ९६ करोड छ भने कम्पनीले रिटेन्ड अर्निङमा रू. १ अर्ब २० करोडभन्दा बढी सञ्चिति गरेको छ । नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी ३१ रुपैयाँ ०५ पैसा रहेकोमा गत आवमा २० रुपैयाँ ६३ पैसा कायम भएको छ । त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६१ दशमलव २८ र मूल्य आम्दानी अनुपात ४८ दशमलव २३ गुणा छ ।

लुम्बिनी विकास बैंकले पायो १ अर्ब बराबरको ऋणपत्र निष्कासन अनुमति, ब्याजदर कति ?

काठमाडौं ।  लुम्बिनी विकास बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्नका  लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ । कम्पनीले रू. १ अर्ब बराबरको १० लाख कित्ता ऋणपत्र निष्कासनका लागि वैशाख १० गते सेबोनबाट अनुमति पाएको हो । कम्पनीको विक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कुल कित्तामध्ये कम्पनीले ४० लाख कित्ता सर्वसाधारणको लागि निष्कासन गर्नेछ भने ६० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट विक्री गर्नेछ । कम्पनीले आगामी १० वर्षसम्मका लागि वार्षिक ११ प्रतिशत ब्याजदरमा ‘एलबिबिएल डिबेन्चर’ नामक ऋणपत्र निष्कासन गर्न अनुमति पाएको हो ।

नेप्से परिसूचक १८ सयमा ओर्लियो, अझ कति झर्ला ?

सेयर बजार परिसूचक नेप्से सोमबार झण्डै ५० अंकले घटेर १८ सयको रेञ्जमा झरेको छ । अघिल्लो दिन ३७ अंकले घटेर १९३४ मा रोकिएको नेप्सेमा आज थप ४९.३१ अंकले घट्दै १८८४.८१ अंकमा झर्न पुगेको हो । योसँगै लगानीकर्ताहरु थप पेनिक हुन पुगेका छन् । निरन्तर ओरालो यात्रामा रहेको बजार अझ कति अंकले घट्ने हो सुनिश्चित नभएपछि लगानीकर्ताहरु अत्तालिन थालेका छन् । २.५५ प्रतिशतले घटेको बजारमा आज लगानीकर्ताहरु आत्तिएर सेयर बेच्दा १ अर्ब ७५ करोडको कारोबार हुन पुगेको छ । अघिल्लो दिन यस्तो सूचक ३७ अंकमाथिले घट्दा १ अ

नेप्से आज ३४ अंकले घट्यो, कारोबार रकम कति

काठमाडौं, ९ जेठ । आज शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । नेप्से परिसुचक ३४ दशमलव २१ अंकले घटेर २२ सय दशमलव ८८ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजारमा मापक सेन्सेटिभ इन्डेक्स पनि आज ५ दशमलव ६९ अंकले घटेर ४२९ दशमलव ५ विन्दुमा थामिएको हो । नेप्सेको अनुसार आज २२४ कम्पनीको १ अर्ब […]

एकै साथ ६ कम्पनीको १ अर्ब २६ करोडको आईपिओ स्वीकृत, कुनको कति ?

नेपाल धितोपत्र बोर्डले एक साथ ६ वटा कम्पनीलाई आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको छ। बोर्डले माघ ९ गते यी कम्पनीलाई आईपिओ निष्काशनको लागि अनुमति दिएको हो ।गत साउनपछि पहिलो पटक बोर्डले आईपिओ निष्काशनको लागि स्वीकृति प्रदान गरेको हो । बोर्ड अध्यक्ष नहुँदा आईपिओ निष्काशन दिने काम रोकिएको थियो । बोर्डले माघ ९ मा २ वटा हाइड्रो, ३ वटा लघुवित्त र एउटा इन्भेष्टमेन्ट कम्पनीको आईपिओ स्वीकृत गरेको हो । बोर्डले हाइड्रोतर्फ बलेफी हाइड्रो, र ग्रिन भेन्चर्स, लघुवित्ततर्फ नेस्डो समृद्द लाघुबित्त, जाल्पा सामुदायिक लघुवित्त र राष्ट्र उत्थान लघुवित्त तथा इन्भेष्टमेन्ट समुह तर्फको इमार्जिङ नेपाल लिमिटेडलाई आईपिओ निष्काशनको अनुमति दिएको हो । बोर्डले कुल १ अर्ब २६ करोड ६२ लाख २९ हजार बराबरको आइपिओ स्वीकृत गरेको हो । कसको कति ? ग्रीन भेन्चरले प्रति शेयर एक सय रुपैयाँ अंकित ६२ करोड ५० लाख रुपैयाँ बराबरको ६२ लाख ५० हजार कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले ओखलढुंगामा ५२.४ मेगावाटको लिखु ४ हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।  ग्रीन भेन्चरले फागुन २८ मा आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  बलेफीले प्रति शेयर एक सय रुपैयाँ अंकित ३६ करोड ५५ लाख ९४ हजार रुपैयाँ बराबरको ३६ लाख ५५ हजार ९ सय ४० कित्ता साधारण शेयर निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई यो शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको शेयर निष्काशनको लागि ग्लोबल आइएमई क्यापिटल बिक्रि प्रबन्धक रहेको छ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको साविकको गुम्बा र गोल्चे गा.वि.स.हरुमा अवस्थित बलेफी खोलाको पानीबाट ३६ मेगावाट क्षमताको माथिल्लो बलेफी ए जलविद्युत आयोजना निर्माण गरिरहेको छ  ।  बलेफीले फागुन २५ मा  आईपिओ निष्काशनको अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो ।  नेस्डो समृद्द लघुवित्तले ८ करोड २८ लाख ७५ हजार बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि ग्लोबल आईएमई क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख बराबरको ५ लाख २२ हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि प्रभु क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।   राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख बराबरको ८ लाख ५० हजार कित्ता शेयर निष्काशनको अनुमति पाएको हो  ।  कम्पनीले शेयर निष्काशनको लागि एनआइबिएल एस क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ  ।    ईमर्जिङ्ग नेपाल लिमिटेडले  ५ करोड ५५ लाख ६० हजार बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता आईपिओ निष्काशन गर्न अनुमति पाएको हो । कम्पनीले आईपिओ निष्काशनको लागि एनआईसी एसिया बैंकलाई बिक्रि प्रबन्धक चयन गरेको छ । आईपिओ पश्चात कम्पनीको चुक्ता पुँजी ५५ करोड ५६ लाख पुग्ने छ । नेपाल सरकारको लगानी समेत रहेको ईमर्जिङ्ग नेपाल लिमिटेड सार्बजनिक – निजी सहकार्य अनुरुप स्थापना भएको कम्पनी हो । यस कम्पनिले केयर रेटिग नेपाल, नेपाल पूर्वाधार विकास बैंक, होटेल एलिस, बिफिन, नेशनल पेट्रोलियम प्रालि लगायतमा लगानी गरेको छ ।बोर्डबाट अनुमति पाएसंगै अब यी कम्पनीले आह्वानपत्र प्रकाशन गरेर आईपिओ निष्काशनको मिति तोक्ने छन् ।

१ अर्ब ४० करोड लागतमा राजधानीमा सुविधासम्पन्न होटल खुल्दै

काठमाडौंमा एक सुविधा सम्पन्न स्टार होटल खुल्ने भएको छ । इन्टरनेशनल हिमालय हस्पिटालिटी एण्ड होटल प्रालिको करिब साढे १ अर्ब रुपैयाँ बराबरको लगानीमा मेरियट इन्टरनेसनलले काठमाडौंको कमलादीमा ‘मोक्सी काठमाडौं होटल’ खोल्ने भएको हो । होटल सन् २०२५ सम्ममा निर्माण सम्पन्न गरिसक्ने गरी साझेदार कम्पनी मेरियट र इन्टरनेशनल हिमालय हस्पिटालिटीबीच सम्झौता भइसकेको बताइएको छ ।काठमाडौंको कमलादीमा बन्ने उक्त होटल कति स्टारमा बन्ने भन्ने अहिले नै एकिन नभएतापनि होटलमा सुविधासम्पन्न १०८ कोठाहरू रहने र

युरो कपमा कस्लाई कति रकम पुरस्कार

एजेन्सी, २८ असार । विश्वकप पछि फुटबलमा सबैभन्दा बढी पुरस्कार राशी भएको युरोकप हो । युरोकपको पुरस्कार रकम नै करोडौं डलरको छ । यसपालीको विजेता इटालीले १ करोड युरो पुरस्कारस्वरुप प्राप्त गरेको छ । यो १ अर्ब ४१ करोड नेपाली रुपैयाँ बराबर हुन्छ । उपविजेता इंग्ल्यान्डले ७० लाख युरो अर्थात् १ अर्ब नेपाली रुपैयाँ बराबरको […]

बिपी प्रतिष्ठान टाटः घाटा ७ अर्ब, बेरूजु १ अर्ब

एकपल्ट उनले अस्पतालका लागि अत्यावश्यक स्पिरिटको लेबल लगाएर प्रतिष्ठानलाई पानी बेचे। शरीरमा सुई लगाउनु अगाडि संक्रमण नहोस् भनेर स्पिरिट लगाउनुपर्नेमा पानी मात्रै लगाएपछि कति संक्रमण भए होलान्? त्यसैका कारण कतिको ज्यान जोखिममा परे होला?