प्रदेश १ को मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भोजराज श्रेष्ठ नियुक्त भएका छन् । मुख्यमन्त्री राजेन्द्रकुमार राईको सिफारिसमा आइतबार प्रदेश प्रमुख परशुराम खापुङले श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन । मुख्यमन्त्री राईले नेपालको संविधानको धारा १६० को उपधारा २ बमोजिम श्रेष्ठलाई मुख्य न्यायाधिवक्ता नियुक्तिको लागि प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए । मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुखले मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।उच्च अदालतका न्यायाधीश सरह